back
CTIZAN AD

भ्रष्टाचारले थला परेको शंख देबी स्कुल

वि.सं.२०७४ फागुन २२ मंगलवार

882 

shares

२२ फागुन, गैडाकोट । आफ्ना छोरा छोरी निजी र मंहगा विद्यालमा पढाएर आँफु भने समुदायिक विद्यालयमा पढाए जस्तो गर्ने अर्थात भ्रष्टाचारको लागि कुनै न कुनै बाहाना बनाई सामुदायिक विद्यालयको व्यावस्थापनमा प्रवेश गर्ने कार्य शंख देबि निमाबिमा जस्तै अन्यत्र पनि तिब्रबन्दै गएको छ ।

राजनैतिक चलखेलकै मुख्य कारण सामुदायिक स्कुलमा अध्यनरत विद्याँर्थीको भविष्य अन्योल बन्दै गएको छ । आँफु व्यावस्थापन समिती भित्र बस्ने आफ्ना आर्थिक र सामाजिक अनुशासन नभएका अयोग्य राजनैतिक कार्यकर्तालाई शिक्षक नियुक्ति दिने गर्दासमुदायीक स्कुलका विद्यार्थीको भबिष्यनै अन्यौल हुदै गइ रहेको सर्वत्र महशुस हुन थालेको छ । अब यस्ता गैह्र शैक्षिक क्रियाकलापको ससक्त भण्डाफोर हुनु जरुरी छ ।

अझ डरलाग्दो कुरा त राजनैतिक कार्यकर्तालाई शिक्षक नियुक्ति दिदा शिक्षकले पाएको तलवबाट केही प्रतिशत लेबी स्वरुप पार्टीलाई दिनु पर्ने वा नेतालाई बुझाउनु पर्ने प्रचलन पनि सुनिदै आएको हो । तराइमा त सरकारी जागिर लगाई दिनेलाई एकमुष्ट रकमभुक्तानी गर्नुपर्ने आवाज धेरै अगाडीदेखि सुनिदै आएको हो ।

गैडाकोट शंख देबी स्कुलको ब्रह्म्मलुटको कथा र हालको अवस्था :

गैडाकोट १४, भागरमा अवस्थित एउटा सामुदायिक स्कुललाई पुराना प्रधानाध्यापक खेम सापकोटा र सामुदायिक बन समितिका अध्यक्ष मिलेर लुट्नु सम्म लुटेर अस्थिपन्जर मात्र बाँकी राखेका छन्। कक्षा ८ सम्म पढाइ हुने शंख देबी निमाबिमा जिल्लाले सुधार रअन्य भौतिक पूर्वाधारको लागि भनेर दिएको १४ लाख ८२ हजार स्थानिय कासी राम कंडेल, स्कुलका प्रअ बैजु प्रशाद गुप्ता र शिक्षक खेम सापकोटा मिलेर बाडेर खाएको चर्चा यत्रतत्र सर्बत्र सुनुन्छ । पछि प्रअ भएको नाताले कासिराम र शिक्षक खेम सापकोटालेतत्कालिन जिल्ला शिक्षा अधिकारिको सहमतिमा बेरुजु रकम प्रअ बैजुले खाएको आरोप लगाई मुद्धा हालियो। मुद्धा बैजुले मुद्धा हारे लगत्तै उनले त्यो रकम पछि जिल्ला सिक्षा कार्यालयलाई बुझाए ।

यी अपराधिहरुले गर्दा अहिलेसम्म स्कुलमा न त प्रयाप्त बस्ने बेञ्च र टेबुल छन् नत स्कुलमा विद्यार्थीको लागि ट्वाइलेट नै छ । अहिलेका प्रधान अध्यापक जगदीश पोखरेलले बनमा निबेदन दिदा समेत स्कुलको फर्निचरको लागि काठ उपलब्ध गराइएको छैन।विद्यालयलाई शैक्षिक बिकास र भौतिक विकासको नाममा आएको रकममा समेत जिल्ला र स्थानिय स्तरमा हरिकंगाल हुनेगरी भ्रष्टाचार गरियो ।बैजु र खेमाको त्यहि १४ लाख ८२ हज्जारको मुद्धाले स्कुलले पाउने सुबिधा सम्पूर्ण रोक्का गरिएको सिविनकोरिपोर्टमा छ ।

२०१६को अन्त्यतिरबाट त्यहाका प्र अ स्थानिय जगदीश पोखरेल छन् । जसले स्कुल र विद्यार्थीको सहयोगको लागि सार्वजनिक आह्वान गरिरहेका छन् । उनी भन्दा अगाडी त्यो स्कुलमा बैजु प्रसाद गुप्ता स्कुलका प्र अ थिए । २०० ७ बाट प्रअ भएपछी उनले त्योस्कुलको स्तर उन्नतिको लागि केहि भूमिका खेल्न सकेनन। तर उनको पालामा स्थानिय बनका काशिराम कंडेल , ब्याबस्थापक समितिका पदाधिकारी र तात्कालिक जिसिअसंग मिलेर स्कुलको नाममा आएको बजेट कुम्ल्याउने र बियर मासुले उम्लने काम चाहिभएको बताउछन नाम नबताउने शर्तमा ब्याबस्थापन समितिका एक अगुवा। सन् २००७ भन्दा अगाडीका प्रअ खेम सापकोटा त त्यो स्कुललाई भ्रस्टाचारको दलदलमा फसाउने प्रमुख योजनाकार नै मानिदा रहेछन। जसलाई तात्कालिक शिक्षा कार्यालय र आरपीलेपटकौ पटक भ्रष्टाचार नगर्न चेतावनी समेत दिएको थियो ।

तर भ्रष्टाचार बिरोधि अभियानका एक अगुवा भन्छन,त्यो स्कुल नाङ्गेझार बनाएर लुट्नेमा तात्कालिक जिसिअ टेक बहादुर थापा, भूपू प्रअ द्वय खेम सापकोटा, बैजु प्रसाद गुप्ता, बन समितिका अध्यक्ष कासिराम कंडेल भएको आशंकामा अनुसन्धान बिभागलेअनुसन्धान गरिरहेकोू बताइन्छ । खेम सापकोटा र तात्कालिक जिसिअ टेक बहादुर थापा मिलि भ्रष्टाचार गरेको १७ लाख मद्धेको १४ लाख ८२ हज्जार बेरुजु देखाएर मुद्धा हाली गुप्ता मार्फत त्यो बेरुजु असुल उपर गरिएको कुराले जिल्लामा हल्ली खल्ली मच्चिएको रत्यो पैसा खानेमा खेम र जिल्लाका कर्मचारी, आरपी,कासिराम, र बैजु लगायत भएपनि अशुल उपर बैजुबाट गरिएको बताइन्छ। त्यो कुरा मिलाउन तात्कालिक जिसिअ थापालाई धेरै मुस्किल परेको थियो ।

१ भागरको स्थलगत अवस्था :
गैडाकोट १४ भागरमा रहे पनि त्यो वरपरको मगर बस्ति आर्थिक र सामाजिक रुपमा पिछडिएको कारण केहि सामान्त र भ्रष्ट प्रधान अध्यापकहरुले शंख देबी स्कुलको हालत शंख नै फुक्नु पर्ने अवस्थामा पुर्याइएको एक अनुसन्धानकर्मीको रिपोर्टमा उल्लेख छ। त्यहाँ बर्षौ भयो निरीक्षक पनि आउदैनन, आरपीको त झन के कुरा भयो र ?

२ विद्यार्थीले रगत छादेः

हिउदको सितलहरको बेला त्यहि स्कुलमा कक्षा १मा पढ्ने भूमिका शारु, गोपेंद्र सुनारी र टिका देबी सारुले चिसोको कहर सहन नसकेर रगत बान्ता गरे। कठ्यांग्रिँदो जाडोमा समेत एकसरो कपडा लाउन नसक्ने गरिबहरुको बस्तीका ति बालबच्चा उपर समाजकाठालुहरु, जनप्रतिनिधिहरु र शिक्षा सम्बन्धि निकायका पदाधिकारीहरुको ध्यान पुग्न नसक्नु अत्यान्त दुखद कुरा हो ।

३ सुन्य समयका जटिल प्रश्नहरु :

जनजातिहरुको अज्ञानता र निरिहताको फाइदा उठाएर शंख देबी निमाविको अस्थिपन्जर समेत निचोर्न पछि नपर्ने कासिरामहरु , खेम , बैजु र टेक बहादुरहरु हो अब त्यो धुकढुकी मात्र बाँकी रहेको स्कुल लुट्न बन्द गर । यदि कोहि आफुलाई समाज सेबी हौ भनेरगैडाकोटमा छाती पिट्ने मर्द छ भने त्यो स्कुलका निरिह बिद्यार्थीहरु भूमिका शारु, गोपेंद्र सुनारी र टिकादेबी शारुहरुलाई सितलहरको चिसोमा बस्ने बेञ्च किन बनाउन सकिएन ? किन भैंको चिसोमा बसेर पढ्न बिद्यार्थीहरुलाई बाध्य बनाइयो ? त्योनगरपालिकाका मियर साब कता हुनुहुन्छा ? किन त्यो स्कुलको अवस्था मानब अधिकार संजाल मार्फत अन्तरास्ट्रियकारण हुदा, ति नाबालकको दयनिय अवस्थाले संसारभरिका मानबिय आँखाबाट आँसु बर्सिदा तपाइहरुको समबेदना पलाउदैन ? अन्तरास्ट्रियमानबअधिकारबादीको संजालमा अमरापुरीका ति बालक बालिकाहरुको मलिन तस्विर देख्दा त्यो भ्रष्टाचारले थलिएको स्कुललाई केहि गर्ने सोच बनाउनु पर्ने आवाज उठिरहेको छ ।

सामाजिक अवस्था :

यो शैक्षिक स्तरमा नाजुक रहेको भागरको शंख देबी सामुदायिक विद्यालयको गुणस्तर बदलेर विपन्न वर्गका विद्यार्थीहरूको भविष्य उज्यालो बनाउने अभियानमा सफल प्रधानाध्यापक जगदीश पोखरेलको आभास, अठोट, आत्मविश्वास र आँट सकारात्मकदेखिएको छ । गैडाकोट नगरपालिका–१४ मा रहेको शंख देबी निमावि नवलपरासी जिल्लाकै धेरै मगर विद्यार्थी पढ्ने सामुदायिक विद्यालय हो ।

स-साना झुप्राहरुको बस्तिमा टांडी र भागर गरेर जम्मा जम्मी ९१ घर धुरी छन। बस्तिको माँझमा मगर जातिका भनिनेहरु र बस्तिको बाहिरी फेरोमा दलित जाती भनिएकाहरुका घरहरु छन। केहि उपल्लो जातिकाहरु ठुलो घर भएका र जमिन धेरै भएका छन। स(साना झुप्राहरु, नल , थाक्कल र भाटाहरुका बारमा माटोले पोतिएका घरहरु प्रायजसो गरीब मगर र तल्लो जातिहरुका छन । त्यस्ता घरहरुका भित्तामा बनाइएका प्वालहरुले नै झ्यालका काम गर्छन ।

कुखुरा आँगनमा र अल्ली पल्तिर सुंगुरको खोर ति घरहरुका परिचय नै हुन । धनीहरु पक्का घर, बिजुली बाल्छन, गरीबहरु कच्चा पक्का भनेको मिटरवाला र कच्चा भनेको नांगो तारबाट अन्कुस लगाएर चोरेको बिजुली । यो कच्चा बिजुलीले कहिले ज्यान लान्छ, कहिले झुपडी खरानी बनाउछ । तर पनि जोखिममै बितिरहेछ उनीहरुको जिन्दगि । अहिले छोरि बाल्नेको संख्या भने धेरै कम भएको देखियो गाउ भ्रमणको क्रममा ।

गाउँलेहरुका अनुशार टाँडी र भागरको बस्ति निर्माणको क्रम २०४१ देखि २०४७ सम्म रह्यो । त्यो स्कुल त्यसपछि मात्र बनेको हो। जनजाति बाहुल्य गाउँमा बनेको एउटा मात्रै निम्नमाध्यमिक विद्यालयको अहिलेको हालत पनि तिनै गरिब मगरको बस्ति जस्तो छ।”शंख देबी निमाविका प्रअ जगदीश पोखरेलले भन्नुभयो – “हामीलाई त स्कुल चलाउन पनि हात थाप्ने ठाउँ छैन । भ्रष्टाचार बापतको बेरुजु रकम बैजुले भुक्तान नगरेसम्म स्कुलमा कहिँ कतैबाट सहयोग आउदैन। ” शंख देबी निमाविमा मगरका मात्रै ८५ प्रतिशतबालबालिका अध्ययनरत छन् । तर विद्यालय दशकदेखि अपुग शिक्षकको भरमा चलिरहेको प्रअ पोखरेल बताउँछन् । “स्कुलको जमिन प्रसस्त छैन आयस्रोतका नाममा सुन्य जस्तै छ। ” विद्यालयका प्रधानाध्यापक पोखरेलले भन्नुभयो( “शिक्षकलाई तलब खुवाउनपनि नसक्ने अवस्थामा बाँचेका छौँ ।”

५ संवेदना र मानवता :

स्कुलको अवस्था हेर्दा गैडाकोटकै समबेदना मरे जस्तो देखियो। सितलहरले बच्चाहरुले रगत बान्ता गरे, बच्चाहरु रोए, चिसोले बच्चाहरु स्कुलमै बेहोस बने। उनीहरुको हरमा स्विटर त के नच्यात्तिएको कमेज र जाङ्गे पनि थिएन। तर त्यहाँ कोहि फर्केर आएन।आफ्ना बालबच्चाको निरिह शरीर हेर्न नगर पिता पनि आउनु भएन। कसैले समबेदनाले भरिएको मानबिय हातले पोसाक वितरण गरेन । बरु शिक्षकले नै एकाध बालक बालिकालाई स्विटर किनेर लगाई दिए ।

६ गरिबीका कारण मृतु र सूचकांक :

बहुआयामिक गरिबी सूचकांक (एमपिआई) अनुसार सयमध्ये २९ नेपाली गरिब छन्। ९ वर्षमुनिका बालबालिकामा गरिबीको दर अत्यन्तै धेरै रहेको प्रतिवेदनले देखाएको छ। ९ वर्षमुनिका बालबालिकाको एमपिआई शुन्य दशमलव १९४ छ। यसको अर्थ १९ दशमलव४ प्रतिशत बालबालिकाले १० वटै सूचकका आधारमा वञ्चितीकरणमा परेको अनुभव गर्छन् वा उनीहरू चरम गरिबीको अवस्थामा छन्। त्यस्तै, ५७ वर्षभन्दा माथिका मानिसमध्ये १२ प्रतिशतले चरम गरिबीको अनुभव गर्नुपरिरहेको प्रतिवेदनमा उल्लेख छ।बहुआयामिक गरिबीको मापन स्वास्थ्य, शिक्षा र जीवनस्तरसँग सम्बन्धित विभिन्न १० वटा सूचकका आधारमा गरिन्छ। त्यसमध्ये दुईवटा स्थास्थ्यसँग सम्बन्धित सूचकांक छन्– पोषण र बाल मृत्युदर। त्यस्तै, स्कुल गएको औसत वर्ष तथा विद्यालयमा हाजिरभएको दर गरी दुईवटा शिक्षासँग सम्बन्धित सूचकांक यो गरिबी मापन गर्न तय गरिएको छ। त्यस्तै, जीवनस्तरसँग सम्बन्धित ६ सूचकांक छन्– खाना पकाउने इन्धन, सुधारिएको सरसफाइ, सुधारिएको खानेपानी, विद्युत्, घरको भित्ता तथा छानो र सम्पत्तिकोस्वामित्व। शिक्षा, स्वास्थ्य र जीवनस्तरसँग सम्बन्धित सूचकांकलाई समान रूपमा एक–एक तिहाइ भार दिइएको छ।

अबको कर्तब्य :

हामीले गर्बले पुकारिने गैडाकोट, अमरापुरी नामक हाम्रै गाऊँको एउटा बिद्यालय बार्षिक उत्सबमा १० लाख खर्च गर्न सक्ने हैसियतमा पुगेको देखिन्छ भने दलित र जनजाति मगर बस्तीमा अवस्थित अर्को स्कुलको अवस्था शिक्षकलाई तलब ख्वाउन नसक्ने , स्कुलमा फर्निचर बनाउन नसक्ने र स्कुल मर्मत समेत गर्न नसक्ने अवस्थामा छ। एउटा स्वास्थ्यकर शौचालय समेत स्कुलले निर्माण गर्न सकेको छैन।

त्यो स्कुलको दयनिय अवस्थाले अहिले हामिलाई मात्र हैन, त्यो गाउँका शिक्षा प्रेमी, जनप्रतिनिधि र नगर प्रमुखलाई समेत गिज्याइ रहेको छ। त्यो स्कुलमा पढ्ने बालबालिका तपाइँ हाम्रा पनी सन्तान हुन् भन्दै नवलपरासी समाज ,बेल्जियम, विश्व मगरसंघ,चितवन सहायता समाज, तमु समाज र सबै नेपालीलाई स्कुल पहिरन, झोला, बिद्यार्थी का शैक्षिक सामाग्री र सौचालयमा सहयोगको लागि आह्वान गरिएको पत्र समेत हामीलाई प्राप्त भएकोले लगायत बिस्वभर रहेका सम्पूर्ण नेपालीहरुलाई शंख देबीस्कुलको लागि मापदण्ड बनाएर सहयोग गर्न अनुरोध छ।

वि.सं.२०७४ फागुन २२ मंगलवार ०६:२५ मा प्रकाशित

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...