back
CTIZAN AD

जोखिममा छन् जापानका नेपाली व्यवसायी

वि.सं.२०७४ फागुन ३० बुधवार

1.1K 

shares

नेपालीहरु अहिले संसारको अधिकतम देशमा रोजगारी तथा अध्ययनको सिलसिलामा गइरहेका छन जुन क्रम घट्ने भन्दा पनि तिब्र रुपमा बढ्दो छ ।

जापानमा नेपालीहरु कहिले देखि कसरी आउन थाले भनेर ठोकवा गर्न कसैले नसके पनि केहि तथ्य हरुलाई आधार मान्ने हो भने प्रधानमन्त्री देब शमशेर राणाको पालामा १९०२ सालमा आठ नेपाली युवाहरु तत्कालिन नेपाल सरकारको छात्रबृतिमा बिभिन्न विधामा अध्ययनको शिलशिलामा आएको पाइन्छ । नेपालबाट अप्रिलमा हिडेर जून १७,१९०२ मा पानी जहाज मार्फत टोकियोको योकोहामामा उत्रेको र तिनी नेपाली हरुनै जापान टेक्ने पहिलो नेपाली भनिएको छ ।

संसारको अति बिकशित देश मध्येको एक देश जापानमा पनि नेपालीहरुको संख्या २०१० देखि अत्यन्तै तिब्र गतिमा बढेको आंकलन गरिएको छ । यकिन डाटा राजदूताबास संग पनि नभए पनि हाल जापानमा नेपालीहरुको संख्या झन्डै ७०,००० काटिसकेको आंकलन गरिएको छ । जसमा अधिकतम रेस्टुरेन्ट व्यबसायमा र त्यसपछि बिद्यार्थीको संख्या भएको अनुमान गरिन्छ । बग्रेल्ती बिद्यार्थी भिषामा आएकाहरु मध्ये कतिपय आफ्नो अध्ययन अनुरुप रोजगारीमा लागेका छन् भने कतिपय ब्यापार तिर लागेका छन् जसमध्ये अधिकांश रेष्टुरेन्ट व्यबसायमा आबद्ध भएको बुझिन्छ ।

नेपालीहरु गएका अधिकांश देशहरुको तुलनामा अन्य देशमा भन्दा जापानमा आफ्नै व्यवसाय गर्नेहरुको संख्या उल्लेख्य रहेको छ । जुन हामी नेपालीको लागि गौरवको विषय हो । केहि बिकशित देशहरुको तुलनामा जापान सरकारको ब्यबसायिक नीति केहि हदसम्म लचिलो भएकोले पनि धेरैलाइ थोरै लगानी र निम्न तयारीमा पनि ब्यापार गर्न सजिलो भएकोले ब्यबसाय तिर मान्छेहरु बढी लगाब राखेको देखिन्छ ।

जापान थोरै पुंजीमा व्यबसायी वन्नको लागी पनि उर्बर देश हो । सुरुवातीको दुइ बर्ष करमा छुट, व्यवसायको योजना धितो राखी सरल कर्जा थोरै ब्याज दरमा उपलव्ध गराउनु यसका केहि उदाहरण हुन् । पछिल्लो समय जापानका लगभग प्रत्येक रेल स्टेशनमा अझ भनौ गल्ली गल्लीमा प्राय नेपाली,इन्डियन रेष्टुरेन्ट लेखेको बोर्ड र दुवै देशका झण्डा देख्न पाइन्छ । नेपालीहरुको चाप बढेसँगै अन्य नयाँ व्यवसायहरु जस्तै रियल स्टेट, कपडा पसल, तरकारी पसल सुपर मार्केट, रेमिटान्स लगायतका व्यबसायमा पनि नेपालीहरुको उपस्थिति देखिन थालिएको छ तर यति भन्दैमा सन्तोष गरीहाल्ने ठाँउ भने छैन । किन की, अहिले प्रायजसो व्यवसाय अत्यन्तै दयनीय अबस्थामा चलिरहेका छन । यसका प्रमुख कारणहरु हामी आफै हौ । यस्तो संभावना भएको देशमा रहेर पनि हाम्रै कमजोरीको कारण यो अवस्था आएको भन्दा अत्युक्ति नहोला ।

किन भटाभट बन्द हुदैछन त नेपाली इन्डियन रेस्टुरेन्टहरु ?
नेपालीहरु गएका मध्ये बिकशित देशहरुको तुलनामा जापान मात्र यस्तो देश होला जहाँ शैक्षिक योग्यता भन्दा सम्बन्धित क्षेत्रको प्राबिधिक ज्ञानलाई बिशेष प्राथमिकता दिइन्छ, जसको फलस्वरूप सामान्य लेखपढ मात्र गर्न सक्ने मान्छे यदि उ संग कुनै रेष्टुरेन्ट अथवा होटलमा दश बर्षको भन्दा माथि पाकन कलामा अनुभब छ भने उसले सजिलै संग जापानको लागी कुक भिसा अर्थात् वर्किंग भिसा प्राप्त गरेर जापान आउन सक्छ । यद्दपि यसका लागि अन्य केहि आबस्यक कागजहरु मिलाएर प्रक्रिया पु¥याउन जरुरी भने छ । आफ्नो स्वार्थको लागि जस्तो पनि कागज बनाउन सकिने देश, नेपालको कमजोर प्रशासन र बढ्दो बेरोजगारीले बिदेसिन बाध्य भएका नेपालीहरुको लागि रोजगारीको गतिलो गन्तब्य बन्यो कागज बोल्ने देश जापान अनि यहि जापानको लचिलो र उदारिलो नीतिलाई भजाउन सजिलो भयो । केहि व्यबसायीहरुलाई र उनीहरुले सुरु गरे नक्कली कुकहरुको भर्ति केन्द्रको रुपमा आफ्नो रेष्टुरेन्टहरुलाइ र यो व्यवसायलाई (यद्दपि यो सबैमा लागु नहुन पनि सक्छ तर अधिकांस भने यस्तै छ) जसले गर्दा जापान सरकारले विश्वास गरेर भित्राएको अधिकांस कागजमा मात्र सिमित भएका कागजी दक्ष कामदार ब्यबहारिक रुपमा जिरो लेभलका भए ।

सामान्यतय कुनै पनि देशबाट जापानमा कामदार मगाउदा खेरि तलब सुबिधा लगायतका कुराहरुको साथमा सम्बन्धित देशमा लाग्ने भिषा शुल्क र टिकट खर्च पनि यताबाट नै कम्पनीले व्यहोर्ने कुरा स्वभावत हुन्छ । तर, नेपालीहरुको लागि भने नेपालबाट आउने सँग नै उल्टै व्यक्ति पिच्छे १०–१२ लाख लिएर मात्र बोलाउने कुरा सामान्य भयो र यो केहि मानब तस्करहरुको लागि आम्दानीको दरिलो श्रोत बन्यो ।

पढाई लेखाइ जिरो भए पनि १० बर्षको अनुभवको कागज बनाएर केहि आबस्यक प्रक्रिया मिलाएको खण्डमा भिसा तुरुन्तै दिने अनि आफू आएपछि श्रीमती, सन्तानहरुलाई पनि ल्याउन पाइने राम्रा पक्षहरुले गर्दा बेरोजगारी र देशको अस्थिर राजनीतिबाट वाक्क भएकाहरुको लागि यो राम्रो गन्तब्य हुन पुग्यो । यसरी आउने क्रमले बिकराल रुप लिदै गर्दा अधिकांस कुक बोलाएर छिट्टै धनी हुने सुरमा अथवा बिबिध बाध्यताले ब्यापारी बनि टोपलेकाहरुको संख्या बढ्न गयो र त्यो क्रम अझै पनि चलिरहेको छ । यसका सकारात्मक र नकरात्मक दुवै पाटोहरु छन् जस्तो मलाइ लाग्दछ । सकारात्मक पाटोको रुपमा लिनु पर्दा देसको ओरालो लाग्दो स्थितिबाट वाक्क दिक्क भैसकेका बेरोजगारहरुको लागि सजिलो रोजगारीको माध्यम बन्यो र मानब तस्कारी नै भने पनि यसले रोजगारी सिर्जनामा सहयोग गर्यो । बिबिध परिस्थितिले जापान बस्ने उपाय नहुनेहरूको लागि पनि बिजनेस भिषा बनाएर जापानको बसाइ लम्ब्याउने सजिलो माध्यम बन्न गयो रेस्टुरेन्ट ब्यबसाय ।

यस्तै केहि नकारात्मक पक्षको रुपमा जापानको लचिलो नीतिको सदुपयोग गर्दै रेष्टुरेन्ट व्यवसायमा होमिएका अथवा कूकको रुपमा सजिलै भित्रिएकाहरुको संख्या दिन प्रतिदिन बढ्ने क्रममा सबन्धित विषयका अदक्ष कामदारहरुको संख्या उल्लेखनीय हुन थाल्यो । ‘गुरु अनुसारको चेला’ भनेजस्तै पुराना र केहि जानेको भनिएका अधिकांशको उद्देस्य नै राम्रो र उत्कृष्ट सर्भिस दिने गरि रेस्टुरेन्ट खोल्ने भन्दा पनि कसरी हुन्छ ।

भटाभट रेष्टुरेन्ट खोल्ने र नेपालबाट मोटो रकममा जस्तो भएपनि कूक मगाउनेतिर बढी केन्द्रीत हुदै गयो । सानो तिनो खर्चमा खोलेको रेष्टुरेन्ट भयो भने १–२ जना कूक ल्याउदा लिएको पैसाले रेष्टुरेन्टको लगानी पनि मजाले उठ्ने अनि व्यापार भैहालेको अबस्थामा आम्दानीको श्रोत पनि बढ्ने, त्यतिले मात्र नपुगेर सुरुवातीका केहि समयहरुमा त कतिपयले कूक भिषा भएकाहरुको परिवार बच्चा बच्ची बोलाउन पाउने नैसर्गिक अधिकारलाई पनि हनन गर्दै मोटो शुल्क लिएर मात्र परिवार बोलाइदिने काम गरेर चरम शोषण गरि आफू समृद्ध हुने काम गरे भने कतिपयले जापानीहरु अथवा इन्डियन, पाकिस्तानी, बंगाली लगायतले संचालन गरेका रेष्टुरेन्टहरुमा समेत नेपालबाट कूक भिषामा मान्छे मगाएर आर्थिकोपार्जन गरे, (यद्यपी यो सबैमा लागू नहुन पनि सक्छ) यसरी मगाउनेहबाट पाएको शिक्षा नै केहि हद सम्म गलत भएको कारणले गर्दा धेरैको उद्धेस्य त्यस्तै क्रियाकलापहरुको देखासिखी गर्ने अथवा भनौ आएको केहि बर्ष बित्न नपाउदै जापानको भाषा संस्कृति र सम्बन्धित बिषयको यथेस्ट ज्ञान नलिईकन नै तुरुन्तै साहुजी भएर मान्छे ल्याउने मानसिकताको बृद्धि अत्यधिक हुदै गयो । परिणाम, आएकाहरुले भने अनुरुप रकम नपाउने, तोकिएको समयमा तलब नपाउने, आउने बेलाका सम्झौताहरु र यहाँ आइसके पछिका वास्तविकतामा जमिन आसमानको फरक हुने खालका घटनाहरु बृद्धि हुदै गए जसको कारण राम्रो र उत्कृष्ट सेवा दिदै व्यबसाय गर्ने ब्यापारीहरुलाई र प्रत्यक्ष या अप्रत्यक्ष रुपमा देशलाई पनि केहि असर पर्दै गयो ।

यसरी देशको परिस्थिति र बिबिध कारणले रेष्टुरेन्ट ब्यबसायमा होमिएका र होमिए पनि ब्यबस्थित र दुरगामी सोचले व्यवसायलाई अगाडी बढाउन नसकेका कच्चा व्यपारीहरुको संख्या थपिदै गयो । यसो भन्दै गर्दा अपवाद वाहेक धेरै जसो व्यपारीहरु लहड र देखासिकीको भरमा भएको बर्तमान परिस्थिति छ भन्दा पनि फरक पर्दैन ।

जापान थोरै या सिमित पँुजीमा व्यबसायी बन्न चाहनेहरुको लागि उर्बर देश हो । सुरुवातीका दुईबर्ष कर छुट,व्यवसायको खुलस्त योजना सहित धितो राखी सरल कर्जा थोरै ब्याज दरमा उपलव्ध गराउनु यसका राम्रा उदाहरण हुन । अझै यहाँका मानिसहरुको सहयोगी भाबना पनि अर्को बलियो पाटो हो । उत्कृष्ट कर संकलन गरेर राज्यलाई ठूलो भरथेग हुदै अगाडी बढेको यो अतिबिकसित देशले ठूला ब्यापारीलाई जस्तै साना तथा नयाँलाई पनि त्यतिकै सम्मानका हिसाबले हेर्ने उत्कृष्ट परम्परा पनि अर्को राम्रो पक्ष बन्न गयो ।

उठान गर्नु पर्ने बिषयहरु धेरै भए पनि केहि प्रमुख बिषय उठान गर्दै गदौ हामीहरुमा आबस्यक दक्षताको कमी,आवस्यकता भन्दा बढी देखासिकी, आफू–आफूहरु बीच इष्र्या लगायतका रहेका छन् । त्यस्तै गर्न लागेको बिषयमा आबस्यक ज्ञान बटुलेर भन्दा अधिकांश लहै लहैमा लाग्ने अथवा बाध्यताले गरेको भए पनि सम्बन्धित बिषयको नितान्त आबस्यक ज्ञान आर्जन नगरी हतार गर्ने खालको प्रवृतिले गर्दा धेरैको लगानी जोखिममा पर्दै गएको अवस्था छ । कसैको रेष्टुरेन्ट राम्रो चलेको देखेमा सके आफै नत्र कोही आफन्त साथी भाइलाई उक्सायर नजीकमा खोल्न लगाउने, सके आफू सप्रने नभए पहिले भएकोलाई पनि विगार्ने कुनियतमा मात्रै बढी दिमाख घुमाउने संस्कृतिको बिकास बढी भयो ।

त्यस्तै कसैले नयाँ किसिमको व्यवसाय गरेर सफल हुन लागेको देखेमा सके आफूले पनि गर्ने नभए त्यसलाई कसरी विगार्ने भन्ने प्रवृति पनि केहि हदसम्म बढ्दै गयो । २०१७ को सुरुवातीबाट कूक भिसामा केहि हदसम्म कडाई गर्दै आएको र आबेदन दिएका मध्ये अत्यन्त न्यूनले भिषा प्राप्त गरेको अवस्था भए पछि, एकातिर व्यबसायलाई मानब ओसार पसारको प्रमुख लक्ष राखेकाहरु धेरै मारमा परेका छन । अर्कोतिर फैलिएको नराम्रो संदेशले उत्कृष्ट अथवा सम्बन्धित ठाउमा लामो समय अनुभब भएकाहरु पनि भिषा नपाउने मारमा परेका छन् ।

हामीहरु सबैमा आफ्नो आफ्नो किसिमको अलग बाटो बनाउने क्षमता हुदा हुँदै पनी त्यसको पहिचान गर्न अथवा गहिराइमा पुग्न अल्छी गर्छौ । अरुले बनाएको बाटोमा हिड्न सुरक्षित महसूस गर्छौ अथवा देखासिकी तिर लाग्छौ । जसको परिणाम आफूसंग यथेस्ट क्षमता हुदा हँुदै पनि त्यसको पहिचान गर्न नसक्दा सफल हुन सक्दैनौ ।

जोखिम कसरी कमगर्ने त ?
कुनै पनि व्यवसायमा आबस्यक गृहकार्यले र रचनात्मकताले अहम भुमिका खेल्छ । आफूले गर्न खोजेका कुराहरुको बिस्तृत योजना वनाउने, सकारात्मक र नकारात्मक पाटोहरुको पहिचान गर्ने, आफ्नो क्षमता विकास गर्ने र त्यसपछी अगाडी वढ्ने गरेमा केहि हदसम्म जोखिम कम हुन सक्छ । त्यसैले अव हामीहरु सचेत बन्नु आवस्यक भईसकेको छ । आबस्यक ब्यवसायिक दक्षताको बिकाश अपरिहार्य छ ।

एक अर्का प्रति बैर्यभाब, इष्र्या, रिस त्यागेर गर्न खोजेको कामको यथेस्ट ज्ञान लिने अनुभवीहरुको सल्लाह लिएर सवै मिलेर नयाँ नयाँ व्यबसायीक आयामहरुको पहिचान गर्ने र संस्थाहरुले पनि सस्तो लोकप्रियताको काममा मात्रै समय खर्चिनुको साटो यस्ता खालका संबेदनशील बिषयहरुमा सचेतनामुलक प्रशिक्षणहरु राख्ने लगायतका रचनात्मक कार्यहरु गरेर अगाडी वढ्ने हो भने पक्कै पनि आबस्यक ज्ञानको अभाबमा रेष्टुरेन्ट व्यवसायमा होमिएका धेरैलाई ब्यबसायिक राहत मिल्न सक्छ ।

वि.सं.२०७४ फागुन ३० बुधवार ०९:२१ मा प्रकाशित

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सर लाग्नुअघि नै अपनाऔं यी ७ बानी

क्यान्सरबाट जोगिन के गर्ने ? हिन्दीमा एउटा भनाइ छ, "जब...

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

आई.बी मल्लको संघर्ष र कलाकारितामा प्रेरणादायी यात्रा

पर्वत जिल्ला, महाशिला लुँखुका स्व गुप्तबहादुर मल्ल र श्रीमती सय...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...