
न्याय गर्ने हात पूर्वाग्रही भएको पनि देखियो
न्याय गर्ने हाथ अविवेकी भएको पनि देखियो
कस्तो लोकतन्त्र हो यो हजुर न्याय निसाफ नै छैन
न्याय गर्ने हाथ स्वार्थको डबलीमा चढेको पनि देखियो
न्यायले पट्टि खोलेपछि प्रश्न उब्जिन्छ
कानुनको दुरुपयोग भएपछि प्रश्न उब्जिन्छ
देशमा न्याय निसाफ रहेन ए हजुर !
कानुनीराज नभएपछि प्रश्न उब्जिन्छ ।
तिमी सम्मानलायक काम गर कस्ले अपमान गर्छ र ?
तिमी निष्पक्ष फैसला गर कस्ले औंला देखाउछ र ?
आस्थाको केन्द्रले खुट्टा कमाउनु हुँदैन लोकतन्त्र कम्जोर हुन्छ
तिमी देउता बन कस्ले राक्षस भन्छ र ?
इति
वि.सं.२०७४ फागुन ३० बुधवार ०९:४३ मा प्रकाशित






























