३० फागुन, काठमाडौं । मगर समाज केन्द्रीय समिति र मगर मंच नेपालले मगर समुदायबाट बनेका मन्त्री तथा सांसद्हरुलाई सम्मान गरेको छ ।
राजधानीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा गृहमन्त्री राम बहादुर थापामगर (बादल), महिला मन्त्री थममाया थापामगर, राष्ट्रियसभाका तीन सदस्य तथा प्रतितिनिधिसभाका १३ जना र प्रदेशसभाका ३० जना सांसद्हरुलाई सम्मान गरिएको हो ।

मगर संघका अध्यक्ष नबीन रोकामगरको अध्यक्षता, मंचका प्रतिनिधि दुर्लभ पुनमगरको स्वागत, एज्म् सोधार्थी भोजबिक्रम बुढामगको बिषय प्रवेश र संघका महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरण तथा सन्चालनमा सम्पन्न कार्यक्रमलाई गृहमन्त्री राम ब.थापामगर बादलले सबै सांसदहरुका तर्फबाट सम्बोधन गरेका थिए ।

यस कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबै सहयोगीहरु, पाहुनाहरु, आगन्तुक, मन्त्रीहरु, माननीयहरु, इजरायल मगर संघ, मगर संघ जापान र मगर संघ युकेका प्रतिनिधिहरुप्रति संघका महासचिवले धन्यवाद व्यक्त गरेका छन् ।
वि.सं.२०७४ फागुन ३० बुधवार १०:३५ मा प्रकाशित





























