back
CTIZAN AD

कास्की समाज स्पेनको अध्यक्षमा केदार ढुंगाना

वि.सं.२०७४ फागुन ३० बुधवार

1.1K 

shares

कास्की समाज स्पेनको दोश्रो अधिबेशनले केदार ढुंगानालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको छ ।
मार्च १२ का दिन सम्पन्न समाजको दोश्रो अधिबेशनले ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ, बल बहादुर कार्की, महासचिवमा गोविन्द तिमिल्सिना, सचिवमा सुरेश भण्डारी, कोषाध्यक्षमा एकराज भण्डारी र सदस्यहरुमा शान्ता राणा, केशर थापा, दिनेश कार्की, गणेशराज अधिकारी, दीपक अधिकारी,खेमराज भण्डारी र महेश बञ्जारा रहेका छन् ।
समाजका अध्यक्ष दिलनाथ भण्डारीको अध्यक्षता, कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पूर्ण तिमिल्सिनाको प्रमुख आतिथ्यता, महासचिव विशाल ढुंगानाको संचालन रहेको उक्त अधिबेशनमा कास्की सेवा समाज अन्तराष्ट्रिय समन्वय परिषद्का महासचिव गोविन्द पौडेल, एनआरएनए आईसीसी सदस्य मुक्त बहादुर गुरुङ, एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा, जनप्रगतिशील मञ्च यूरोपका महासचिव गंगा भुषाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष सुमी घिमिरे सापकोटा, जनसम्पर्क समितिका अध्यक्ष इन्द्र शर्मा, तमु समाज स्पेनका अध्यक्ष गौतम गुरुङ लगायतले आफ्नो मन्तव्यसहित नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।
त्यसैगरी समाजको संरक्षकमा दिलनाथ भण्डारी र शिब कुमार लामिछानेलाई प्रस्तावित गरिएको पनि समाजले जनाएको छ ।

वि.सं.२०७४ फागुन ३० बुधवार १०:१८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...