back
CTIZAN AD

तमु (गुरुङ) समाज कतारको १४ औं साधारणसभा सम्पन्न

वि.सं.२०७४ फागुन ३० बुधवार

885 

shares

तेज गुरुङ, दोहा, कतार । दोहाको ढाका रेस्टुरेन्टको सभाहलमा तमु (गुरुङ) समाज कतारको १४ औं साधारणसभा सम्पन्न भएको छ ।
फेब्रअरी २३ का दिन उक्त साधारणसभाले भाईकाजी गुरुङको नेतृत्वमा आठौं कार्यकालको निम्ति नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।

अध्यक्ष रस (शिव) गुरुङको अध्यक्षतामा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष देवराज राईको आतिथ्यता सँगै उनकै बाहुलीबाट दीप प्रज्वलन गरि कार्यक्रमको समुद्घघाटन गरिएको थियो ।

सम्मान स्वरुप कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिलाई प्रमुख संरक्षकले क्रेगी (फेटा) पहिराएर सम्मान गरिएको थियो । महासचिव खुशीमान गुरुङको सञ्चालनमा द्वितीय उपाध्यक्ष भाइकाजी गुरुङको स्वागत मन्तव्य सँगै साधारणसभाको खुलासत्र सुचारु रुपले शुभारम्भ भएको थियो ।

कार्यक्रममा विशेष अतिथिहरुमा जनजाती महासंघमा आबद्ध विभिन्न मातृसंस्थाका प्रतिनिधिहरु, नेपाल मगर संघ शाखा कतारका महासचिव विजय मगर, किराँत याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्मेखाम लिम्बु, किराँत राई यायोख्खा कतारका अध्यक्ष एकराज राई, नेपाल प्रवासी तामाङ समाज कतारका कोषाध्यक्ष नेत्र कुमार वाइवा, नेवाः पुच कतारका अध्यक्ष उपेन्द्र रत्न शाक्य, नेपाली धानुक समाज कतारका अध्यक्ष राम कुमार मण्डल, माझी सेवा समाज कतारका उपाध्यक्ष भरत बहादुर माझी, रहेका थिए ।

त्यस्तै प्रवासी भुजेल समाज कतारका सचिव विकास भुजेल, सुनुवार सेवा समाजका प्रमुख सल्लाहकार सोम सुनुवार, जिल्लागत संस्थाका प्रतिनिधिहरु, लमजुङ सेवा समाज कतारका महासचिव सिताराम थापा, गोरखा समाज कतारका उपाध्यक्ष रामजी खत्री, अन्य संस्थागत प्रतिनिधिहरु, समाजका आजीवन सदस्य तथा एभरेष्ट युथ एशोसिएशन कतारका अध्यक्ष उत्तम गुरुङ, सेतिदोभान सेवा समाज कतारका प्रमुख सल्लाहकार पदम थापा मगर, जिफण्ट सपोर्ट ग्रुप कतारका अध्यक्ष सन्तोष गुरुङ, तमू प्ये ल्हु संघ शाखा कतारको प्रचार–प्रसार सहसंयोजक इशा गुरुङ, लिःल फङ घले समाज कतारका महासचिव आयुष घले, मिलिजुलि एकता परिवार कतारका अशोक गुरुङ, शेर्पा केदुग कतारका महासचिव तेन्जिङ शेर्पा लगायतको विशेष उपस्थिति रहेको थियो ।

समाजका प्रमुख संरक्षक बिलबहादुर गुरुङ, संरक्षक सदस्य बुधबल गुरुङ, सल्लाहकारहरुमा बुद्ध गुरुङ, टक प्रसाद गुरुङ, तमु बचत तथा ऋृण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकाजी गुरुङ, कार्यसमितिका पदाधिकारीहरु, संस्थाकै संरक्षकत्वमा स्थापित शाखा समिति तमु सांस्कृतिक परिवारका अध्यक्ष मदन गुरुङ, पुर्वाञ्चल सम्पर्क समितिका संयोजक केसरसिंह गुरुङ, तमु खेलकुद समितिका अध्यक्ष सूर्य गुरुङ,पश्चिमाञ्चल सम्पर्क समितिका सचिव बिर्ख गुरुङ, महिला बिभागकी संयोजक टौमाया गुरुङ, पच्यु चिब निल गुरुङ र अन्य आजीवन सदस्यहरु, साधारण सदस्यहरु, नयाँ सदस्यहरु सँगै शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आमन्त्रित विशेष अतिथिहरु लगायत प्रमुख अतिथि सम्पूर्णले तमु समाज कतारको सामाजिक गरिमा र यस संस्थाले सम्पन्न गरेका सामाजिक र रचनात्मक कार्यहरुको प्रशंसा गर्दै आउँदा दिनहरुमा पनि सहकार्य गर्न तत्पर रहने प्रतिबद्धता सँगै अध्यक्ष रस (शिव) गुरुङको नेतृत्वमा सम्पन्न सातौं कार्यकालका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा १४ औं साधारण सभाद्वारा निर्वा्चित हुने आठौं कार्यकालको नयाँकार्य समितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

आपसी सद्भाव र भाइचारा अझ प्रगाढ रहोस् भन्ने हेतुले सोही समारोहमा संस्थागत रुपमा लमजुङ सेवा समाज, गोरखा सेवा समाज, तनहुँ सेतीदोभान सेवा समाज र तमु प्ये ल्हु संघ शाखा कतारका प्रतिनिधिहरुलाई क्रमशः क्रेगी (फेटा) र क्रमु (पछ्यौरा) र प्रशंसापत्रले सम्मान गरिएको थियो । साथसाथै आजीवन सदस्यहरु नारायण सिंह गुरुङ स्याङ्जा, सूर्य गुरुङ गोरखा, यादव गुरुङ कास्कीलाई पनि आजीवन सदस्यताको प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

साथै सोही दिनमा नै तमू सांस्कृतिक परिवारका भुतपुर्व अध्यक्ष तथा सल्लाहकार टक प्रसाद गुरुङ कर्मभुमि कतारको बसाई अन्त्य गर्दै जन्मभुमि जाने तय भएको हुँदा उनलाई संस्थाले स–सम्मान क्रेगी, कदरपत्रर मायाको चिनो हस्तान्तरण गरि बिदाई गरिएको थियो ।

आठौं कार्यकालको निम्ति निम्न कार्य समिति रहने गरी १४ औं साधारणसभाले सर्वसम्मतबाट निर्बिरोध निर्वाचित गरेको छ ।

जसको अध्यक्षमा भाईकाजी गुरुङ, प्रथमउपाध्यक्ष खुशीमान गुरुङ, द्वितीय उपाध्यक्ष धनराज गुरुङ, तृतीय उपाध्यक्ष टौमाया गुरुङ,महासचिव तेज गुरुङ, सचिव ज्ञानु गुरुङ, विभागीय सचिव पम गुरुङ, सहसचिव मन प्रसाद गुरुङ, कोषाध्यक्ष बुद्ध गुरुङ, सहकोषाध्यक्ष केसर सिंह गुरुङ, तमु सांस्कृतिक,अध्यक्ष मदन गुरुङ, प्ये ताँ ल्हु ताँ अध्यक्ष निल गुरुङ,खेलकुद विभाग, अध्यक्ष पुरन गुरुङ पश्चिमाञ्चल,संयोजक कर्म गुरुङ, पूर्वाञ्चल, संयोजक किशोर गुरुङ, महिला विभाग संयोजक डिल कुमारी गुरुङ र सदस्यहरुमा बल बहादुर गुरुङ, जय बहादुर गुरुङ,पिन बहादुर गुरुङ, नर बहादुर गुरुङ, आइ बहादुर गुरुङ, उमा गुरुङ, अशोक गुरुङ रहेका छन् ।

वि.सं.२०७४ फागुन ३० बुधवार १०:१३ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...