back
CTIZAN AD

ऋद्धिमानको जादु २० बल, १४ छक्का, ४ चौका, जिरो डट बल

वि.सं.२०७४ चैत ११ आइतवार

1.1K 

shares

wriddhiman-saha_

११ चैत , काठमाडौँ । यति बेला भारतीय क्रिकेटर ऋद्धिमान ह शाहा निकै चर्चामा छन् ।
कारण हो उनले गरेको चामत्कारिक प्रदर्शन । शाहले २० बलमा १०२ रन जोडेर नयाँ कीर्तिमान कायम गराउन सफल भए ।
शनिबार कोलकाताको कालीघाटमा जेसी मुखर्जी टुर्नामेन्टमा मोहन बगान र बीएनआर रिक्रिएशन क्लबबीच प्रतिस्पर्धा थियो । साहा मोहन बगानको टिमबाट खेलेका थिए । अपत्यारिलो पारामा ऋद्धिमानले केबल २० बल सामना गर्दै १०२ रन जोडे र सहज जित दिलाए ।

ऋद्धिमान साहले र १४ छक्का र चार चौका प्रहार गरेका थिए । यस्तै उनले बाकी २ बलमा एक एक रन लिएका थिए । चाखलाग्दो कुरा के छ भने २० बल मध्ये कुनैमा पनि उनले ढट खेलेनन् । उनको स्ट्राइक रेट ५१० थियो । यसको साथै साहा टी २० क्रिकेटमा सबैभन्दा तेज शतक बनाउने व्याट्सम्यान बनेका छन् । यसअघि यो रेकर्ड क्रिस गेलको नाममा थियो । क्रिस गेलले आईपीएल २०१३ मा पुणे वारियर्सविरुद्ध ३० बलमा शतक पूरा गरेका थिए ।
ऋद्धिमान साहा आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादमा आवद्ध छन् । सनराइजर्सले उनलाई ५ करोड भारुमा अनुबन्ध गरेको हो । आईपएिलको संघारमा उनले गरेको यस खाले चामत्कारिक प्रदर्शनले उनी यति बेला चर्चाको शिखरमा छन् । उनको ब्याट आईपिएलमा कति चल्नेछ त्यो त आगामी अप्रिल सात देखि आईपिएल सुरु भएपछि हुने नै छ ।

वि.सं.२०७४ चैत ११ आइतवार १२:२२ मा प्रकाशित

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...