back
CTIZAN AD

लेखक खनालको ‘पिनासको वैज्ञानिक कथा’ प्रकाशित

वि.सं.२०७५ वैशाख ९ आइतवार

771 

shares

९ वैशाख, काठमाडौँ । ‘लेखक महेश्वर खनालको पिनासको वैज्ञानिक कथा’ प्रकाशित भएको छ । रुढीवादीभन्दा पृथक रहेर घरमा बसी आफैँले योगासन, जडीबुटी, एकुप्रेसर र खानपानको माध्यमबाट उपचार गर्न सकिने तरिकाबारे प्रकाशित पुस्तिकामा उल्लेख छ ।

उक्त पुस्तिकामा पिनास लागेका बखत झारफुकमा भरपर्नु र एलोप्याथिक औषधि प्रयोग गर्नुभन्दा ताजा खाना तथा सागसब्जी, भिटामिन ‘ए’ युक्त खानेकुरा, भुइँकटहर, लसुन, बेसार, अदुवा, मेथी, कालो जिरा तथा कालो मरिच दालचिनीजस्ता पदार्थ मात्रा मिलाएर प्रयोग गर्न र क्याफिनयुक्त पदार्थ भएका चिया र कफी, बरफ, कोल्डड्रिङ्सजस्ता पेय पदार्थ र दूधबाट बनेका खानेकुरा तथा नसालु पदार्थ, तारेका, भुटेका र पोलेका खानेकुृरा नखान सुझाव दिइएको छ ।
त्यस्तै जलनेती गर्न र जडीबुटी राखेर बाफ लिन वा एकुप्रेसर रिफ्लेक्सोलोजी र सुजोकजस्ता तरिकाबाट शरीरका विभिन्न भागमा थिचेर उपचार गर्न सुझाव दिइनाका साथै जानुशीर्षासन, मर्धमच्छेन्द्रासन, धनुरासन, चक्रासन, सलभासनजस्ता १० वटा आसनलाई प्रयोगमा ल्याउन सकिनेबारे पनि सो पुस्तिकामा चर्चा गरिएको छ । चवन्न पृष्ठको सो पुस्तिकाको मूल्य रु ४० पर्छ ।

लेखक खनालले यसअघि ‘असल विद्यार्थी बन्ने सूत्रहरु’, ‘चालिसा संग्रह’, ‘हनुमान चालिसा’ (अंग्रेजीमा अनुवाद) का साथै दुई दर्जनभन्दा बढी पाठ्यपुस्तक प्रकाशित गरिसकेका घन् ।

वि.सं.२०७५ वैशाख ९ आइतवार १३:१९ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...