back
CTIZAN AD

चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी

वि.सं.२०७५ वैशाख १० सोमवार

996 

shares

१० वैशाख, नुवाकोट । नेपाल टेलिकमको सिम प्रयोग गरेबापत रु २५ लाखको ‘चिट्ठा’ परेको भन्दै सामाजिक सञ्जाल ‘इमो’ मार्फत यहाँका एक युवा ठगिएका छन् ।

टेलिकमको सिमकार्ड प्रयोगकर्ताबीच गोलाप्रथामार्फत छनोट हुँदा विजेता बनेको भन्दै ‘इमो’मार्फत ठगले तार्केश्वर गाउँपालिका–१ दाङसिंहका लोकबहादुर तामाङलाई फोन गरी विभिन्न बहाना बनाएर रु दुई लाख ९० हजार ठगेको हो ।

उनन्तीस वर्षीय तामाङलाई चिट्ठामार्फत रु २५ लाख विजेताको छनोट भएको भन्दै यही वैशाख ३ गते इमोमा हिन्दी भाषामा बोल्ने पुरुषले खबर गरेका थिए । त्यसलगत्तै विजेता भएको रकम जतिसक्दो चाँडो दाबी गर्न दबाब दिँदै त्यसका लागि राजश्वबापत शुरुमा रु ४० हजार मागेको थियो ।

ठगले रु २५ लाखको चिट्ठासहित थप रु पाँच लाख बोनस रकमसमेत पाएको भन्दै नक्कली चेक बनाएर इमोमार्फत फोटो पठाउँदै अतिरिक्त रकम आइएमई गरी पठाउन भनेअनुसार तामाङ र उनका भाइ महेन्द्रबहादुरले रु दुई लाख ९० हजार पठाएपछि मात्र आफू ठगिएको महसुस गरेका छन् ।

उनीहरुले यही वैशाख ५ गते दुई पटक रु ४० हजार, रु ७५ हजार र ६ गते रु एक लाख रु ७५ हजार इमोमार्फत फोन गरी आफ्नो नाम विजयकुमार र नेपाल टेलिकमको ‘उच्च अधिकृत’ भन्ने व्यक्तिले भनेअनुसार आइएमई गरेका हुन् । त्यो रकम काठमाडौँ ठेगाना भएका प्रकाश थिङ, प्रेमकुमार गिरी र तेजेन्द्र खड्काको नाममा पठाएको लोकबहादुरले बताएका छन् ।

“रु २५ लाख पाउने लोभमा विभिन्न बहाना बनाएर रकम मागेपछि होला भनेर दियौँ ।” लोकबहादुरले भने, “हिन्दी भाषामा इमोमार्फत कुरा गर्ने मान्छेको नाम नेपाल टेलिकम नाम रहेको, त्यहाँ टेलिकमको लोगो प्रयोग गरिएको, चेक तयार भएको भन्दै फोटोसमेत पठाएकाले विश्वास गरेका थियौँ, अहिले बर्बाद भयौँ ।”

‘इमो’बाट फोन गरी रकम ठग्नेविरुद्ध पीडित युवाले आफू ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी गरे पनि रकम काठमाडौँमा पठाएको र अन्तर्राष्ट्रिय गिरोहमार्फत भएको हुनसक्ने भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत न्यायको अपिल गर्न सुझाव दिएको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमोलगायतका माध्यममार्फत ठगहरुले विभिन्न प्रलोभन देखाएर रकम ठगी गर्ने स्वदेशी एवं विदेशी गिरोह सक्रिय भएकाले त्यसतर्फ सचेत हुन मोबाइल फोन प्रयोगकर्तालाई प्रहरीले अनुरोध गरेको छ ।

वि.सं.२०७५ वैशाख १० सोमवार १३:५० मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...