back
CTIZAN AD

सरकारकाबारे आलोचना गर्ने पक्षमा छैन : अध्यक्ष राणा

वि.सं.२०७५ वैशाख १० सोमवार

729 

shares

१० वैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले सरकार निर्माणका बेला देखापरेको जनउत्साहले निरन्तरता पाउने संकेत नदेखिएको धारणा व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७५ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले बताए, “यद्यपि अहिले नै सरकारको बारेमा राप्रपा आलोचना गर्ने पक्षमा छैन ।”

मुलुकको अनुहार फेर्ने काममा एकलब्य भएर समर्पित हुन प्रधानमन्त्रीलाई आग्रह गर्दै अध्यक्ष राणाले त्यसो भएको खण्डमा सरकारलाई सबै दलको सहयोग र समर्थन रहिरहने विश्वास व्यक्त गरेका छन् ।

वामपन्थी गठबन्धनबाट सिर्जना भएको चुनौतीको सामना गर्न लोकतान्त्रिक शक्ति सक्षम हुने बताउँदै उनले राप्रपाका सबै धारलाई एउटा सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणको अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।

अध्यक्ष राणाले बताए, “दलको अवस्था र मुलुकको स्थितिलाई मध्यनजर गर्दै मजबुत पार्टी संगठनको दायरालाई व्यापक र फराकिलो बनाउन अनिवार्य भएको छ ।”

वि.सं.२०७५ वैशाख १० सोमवार १४:३१ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...