back
CTIZAN AD

समयानुकुल चल्न जान्दैनन् देउवा

वि.सं.२०७५ वैशाख १० सोमवार

861 

shares

puspalal-pandey

तीन खेलमा तिनै हार, यसको मतलब निरन्तर पराजयको सिलसिला । यो पराजयको निरन्तरताको सिलसिला देशकै पुरानो र प्रजातान्त्रिक भनिने पार्टि नेपाली काङ्ग्रेस र यसका सभापति शेर बहादुर देउवाको हो ।

बर्ष २०७४ मा सम्पन्न स्थानिय, प्रदेश र संघीय संसदको निर्वाचनरुपी तीनै खेलमा काङ्ग्रेस नमिठो गरी पछारीयो । पराजयको नमिठो पिडा सभापति देउवा तथा काङ्ग्रेसका अन्य नेताहरुमा प्रष्ट देखिन्छ ।

सभापति बाहेकका अन्य नेताहरुले पराजयको सिङ्गो अपजसको भारी देउवालाई बोकाएर पानी माथिको ओभानो बनेका छन् । तर, सभापति देउवा भने आफ्नो स्वभाव अनुसार ‘ल्याङ् ल्याङ्’ मै दिन बिताई रहेका छन् ।

देउवामा पनि पराजयको नमिठो अनुभूति प्रष्ट देखिने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । तर, बैचारिक अष्पष्टता, पार्टी कामको स्पष्ट योजना र मापदण्ड केहि नभएका देउवाका लागि पार्टीले हार्नुमा खासै फरक नपर्ने देखिन्छ । छप्पर फाटेर पार्टी सभापति र प्रधानमन्त्री बनेका देउवाका पछिल्ला गतिबिधिले समेत उनी समयानुकुल नचल्ने नेता हुन् भन्ने प्रमाणित हुँदै गएको छ ।

देउवाका पछिल्ला अभिव्यक्तिहरु हेर्दा देउवाले समप बुझ्न सक्दैनन् भन्ने बुझ्न आईतबार पर्खनै पर्दैन । पछिल्ला केहि दिन यता देउवाको ओठमै झुण्डिएको शव्द हो अधिनायकबाद । पार्टि कार्यकर्ता, पत्रकार वा सर्वसाधारण जसलाई भेट्दा पनि सबै भन्दा पहिला उनी भन्छन् सरकार अधिनायकवादतर्फ अग्रसर भएको छ । खासगरी पछिल्लो समय प्रधानमन्त्री के.पी.ओलीको सरकारले यातायात व्यवसायमा रहि आएको एकाधिकाररुपी सिन्डीकेट तोडेर व्यवसायलाई प्रतिस्पर्धी बनाउने निर्णय गर्यो । त्यसयता देउवाको मुखारविन्दुवाट अधिनायकवादी शव्दको उच्चारण निरन्तर सुनिँदै आएको छ । त्यसमाथि उत्तर दक्षिण कनेक्टीभिटिका लागि सीगात्से काठमाडौँ र जनकपुर काठमाडौँ रेलवे का सम्झौता अगाडि बढ्ने सम्भावना बढे पछि देउवाको निद्रा राम्रै कचल्टिएको देखिन्छ ।

आफु सत्तामा रहँदा एउटै राम्रो काम नगरेका देउवाका लागि पछिल्लो सरकारका राष्ट्रिय स्वार्थ र जनकल्याणका काम अधिनायकवाद हुन् भने आम जनता ओली सरकार अझ अधिनायकवाद होस् भन्ने चाहान्छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले जुन कोणबाट अधिनायकवादको स्याल हुईया मच्चाईरहेका छन् त्यो उनको अर्को असफल रणनीति सावीत हुने पक्का छ । भर्खर मिडियाहरुमा आफ्ना कारणले छोरीको केटासाथि परिवारमा कुनै किसिमको अफ्ट्यारो भएमा हामी माफी माग्छौँ भन्ने पूर्वअमेरीकी राष्ट्रपति वाराक ओवामाको प्रेस विज्ञप्ति आएको छ । सायद प्रजातन्त्र भनेको यहि र यस्तै खुल्ला हृदयको प्रष्टोक्ति पनि हो । तर देउवा पार्टी सभापति र प्रधानमन्त्री समेत आफैँ भएर पनि पार्टीले वेहोरेको लज्जाजनक पराजयको जिम्मा लिएर माफी माग्न तयार छैनन् ।

पार्टिभित्र टिकट बिक्रि भएको आरोप लागेको छ । भरतपुरमा आफूले जित्ने सम्भावना हुँदा हुँदै पनि कहिले माओवादी र कहिले राप्रपालाई स्थान छोडेर पार्टीलाई पेण्डुलम बनाएको तितो यर्थाथको जवाफहिन प्रश्न छ । विगतमा गिरिजा प्रसाद कोईरालाको रिसमा संसदलाई दरबारमा बुझाएको नमिठो इतिहासको उच्चाहट लाग्दो भारी देउवासँगै छ । त्यसमाथि पछिल्लो केन्दि«य कमिटिमा पार्टीका पाका नेता कुल बहादुर गुरुङ्ले आफ्नो प्रस्ताव फिर्ता लिएको व्याङ्ग्यात्मक अभिव्यक्ति समेत देउवाले सुन्नु परेको छ ।

यस्तो अवस्था आउँदा एक शव्द चुइक्क बोल्न नसक्ने, पार्टीको पराजयको जिम्मा लिन नसक्ने अनि पार्टिका लागि आस लाग्दो कुनै काम गर्न नसक्ने तर सरकारले हनिमुन अवधि पार गर्न नपाउँदै आरोप प्रत्यारोपमा उत्रने देउवा शैली हिनता बोधको पिडा मात्रै मान्न सकिन्छ ।

सरकारले कम्तिमा औँल्याउनै मिल्ने कमजोरी गरी नसकेको अवस्थामा उठ्याइएको चोर औँलो बाहेक अन्य औँला आफैँतिर फर्केको बुझ्न देउवाले किन नसकेका हुन् । त्यसमाथि सिन्डीकेट विरुद्दको राज्यको अभियानका विरुद्द बोलेर देउवाले आफुलाई मुठ्ठीभर माफियाका नेता पो बनाउन खोजेका हुन् कि भन्ने आसङ्का समेत पलाएको छ ।

सदाबहार सत्तासीन देउवालाई प्रतिपक्षको खासै अनुभव पनि छैन । विपक्षि हुनु भनेको सँधै आलोचक हुनु पनि होइन । सत्ता बाहिर हुँदाको रन्थमुलोले देउवाले आफैँलाई बिर्सिए भने देउवा र काङ्ग्रेसलाई त यसले अफ्ठ्यारो पर्र्छनै स्वयं प्रजातान्त्रिक संस्थामा समेत सकारात्मक प्रभाव छाड्दैन ।

त्यसैले मुख्य विपक्षि नेता देउवाले आफु पार्टी र प्रजातन्त्रलाईनै अफ्ट्यारो पार्ने हर्कत नगरेकै राम्रो ।

वि.सं.२०७५ वैशाख १० सोमवार १६:०० मा प्रकाशित