back
CTIZAN AD

सहायक प्रबन्धक काफ्ले रङ्गेहात पक्राउ

वि.सं.२०७५ वैशाख १० सोमवार

972 

shares

१० वैशाख, महोत्तरी । सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् ।

आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई रु ५० हजार रङ्गेहातसहित पक्राउ गरेका हुन् ।

बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा रु १० लाख ऋण उपलब्ध गराएबापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

रु १० लाखको पाँच प्रतिशतका दरले रु ५० हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताएका छन् ।

काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रनाउ पोखरेलले जानकारी दिएका छन् ।

वि.सं.२०७५ वैशाख १० सोमवार १६:११ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...