back
CTIZAN AD

नेविसंघ सभापतिको ध्यानाकर्षण

वि.सं.२०७५ वैशाख १० सोमवार

876 

shares

१० वैशाख, काठमाडौँ । नेपाल विद्यार्थी संघका पदाधिकारीले आफ्नो संगठनको नेतृत्व विधान विपरीत चलेको भन्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवालाई भेटेर संगठनको नेतृत्वले विधान विपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको हो ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले १२औँ महाधिवेशन आउन चार महिना बाँकी रहँदा पनि नेतृत्व विधानलाई कुल्चेर महाधिवेशन गर्न आलटाल गरेकाले सभापतिको ध्यानाकर्षण गरिएको बताएका छन् । नेविसंघ नेतृत्वले विद्यार्थी हकका लागिभन्दा पनि गुट बचाउन लागेको उपाध्यक्ष अधिकारीको भनाइ छ ।

केन्द्रीय सदस्य सुशील भट्टले कम्युनिष्टहरुको भय र त्रासका विरुद्ध संगठित हुँदै लोकतन्त्रको रक्षाका लागि नेविसंघ लाग्नुपर्नेमा नलागेको अरोप लगाएका छन् ।

भेटमा सभापति देउवाले नेविसंघभित्रको समस्याका बारेमा आफू जानकार रहको बताउँदै नेविसंघको नेतृत्वसँग समन्वय गरेर विवाद समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वि.सं.२०७५ वैशाख १० सोमवार १६:२३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...