back
CTIZAN AD

पार्किङ गरिएको गाडीबाट गायव भयो रु २५ लाख

वि.सं.२०७३ असोज १२ बुधवार

1.5K 

shares

१२ असोज, विराटनगर । विराटनगरको बुधहाटस्थित बी–प्लट भवनको छेउको पार्किङस्थलमा रोकी राखिएको एउटा गाडीबाट रु २५ लाख गायब भएको छ ।

तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट आएका कर्मचारीले विराटनगरस्थित माछापुच्छे बैंकबाट सो रकम साटेर सो स्थानमा गाडी पार्किङ गरिएको बेलामा गाडीको सिसा फुटाएर अज्ञात व्यक्तिले झोलामा राखिएको सो रकम लिएर फरार भएको पीडितलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तेह्रथुमस्थित माउन्ट मकालु बैंको को१त ८०१९ नम्बरको गाडीमा सो घटना भएको हो । गाडीमा रहेका सो बैंकका कर्मचारी सुमन लिम्बू र चालक वीरबहादुर माबुहाङ, लिम्बूको जनाएनुसार पानी खान गएको बेलामा सो घटना भएको जानकारी गराएको छ । यस सम्बन्धमा प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले सो ठाउँमा प्रहरी तैनाथ रहने गरेको र सिसी क्यामरासमेत जडान रहेकाले यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

वि.सं.२०७३ असोज १२ बुधवार ०३:३० मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...