back
CTIZAN AD

स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारण गर्दा पहिलेकै जिल्लालाई कायम राखिने

वि.सं.२०७३ असोज १२ बुधवार

2.1K 

shares

१२ असोज, काठमाडौँ । मन्त्रिपरिषद् आजको बैठकले तीन मुख्य राजनीतिक दलबीच भएको सहमतिलाई आधार बनाएर स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारण गर्दा पहिला जिल्लामा कायम रहेका इलाकालाई मूल आधार बनाउने निर्णय गरको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंलबार साँझ बसेको बैठकले स्थानीय तहको सिमाना र सङख्यालाई निर्धारण गर्दा त्यसमा नगरपालिका भए त्यही कायम गर्ने अरु जनताको सुविधालाई दृष्टिगत गरी बनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले आइतबार पूर्वमुख्यसचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे सवार रहेको जीप दुर्घटना र आज धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न पूर्व प्रहरी महानिरीक्षक कुबेर राणाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बैठकले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणढ राजमार्गमा आवागमनमा सहज पार्न र दुर्घटना न्युनीकरण गरी सडक सुरक्षाका निम्ति आवश्यक व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संस्थागत व्यवस्था गर्न जिम्मा दिएको मन्त्री लेखकले जानकारी दिनुभयो ।

बैठकले मधेस केन्द्रित दलसँग स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारणका बारेमा भइरहेको छलफल सकारात्मक भएको र बैठकको निर्णयले छलफललाई अझ सहज बनाउने निर्णय भएको मन्त्री लेखकले बताउनुभयो ।

वि.सं.२०७३ असोज १२ बुधवार ०३:३३ मा प्रकाशित

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...