back

स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारण गर्दा पहिलेकै जिल्लालाई कायम राखिने

वि.सं.२०७३ असोज १२ बुधवार

936 

shares
GLOBAL IME AD
NTC AD

१२ असोज, काठमाडौँ । मन्त्रिपरिषद् आजको बैठकले तीन मुख्य राजनीतिक दलबीच भएको सहमतिलाई आधार बनाएर स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारण गर्दा पहिला जिल्लामा कायम रहेका इलाकालाई मूल आधार बनाउने निर्णय गरको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मंलबार साँझ बसेको बैठकले स्थानीय तहको सिमाना र सङख्यालाई निर्धारण गर्दा त्यसमा नगरपालिका भए त्यही कायम गर्ने अरु जनताको सुविधालाई दृष्टिगत गरी बनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।

त्यस्तै, बैठकले आइतबार पूर्वमुख्यसचिव तथा पूर्व गृहमन्त्री माधव घिमिरे सवार रहेको जीप दुर्घटना र आज धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न पूर्व प्रहरी महानिरीक्षक कुबेर राणाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

बैठकले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणढ राजमार्गमा आवागमनमा सहज पार्न र दुर्घटना न्युनीकरण गरी सडक सुरक्षाका निम्ति आवश्यक व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई संस्थागत व्यवस्था गर्न जिम्मा दिएको मन्त्री लेखकले जानकारी दिनुभयो ।

बैठकले मधेस केन्द्रित दलसँग स्थानीय तहको सिमाना र सङ्ख्या निर्धारणका बारेमा भइरहेको छलफल सकारात्मक भएको र बैठकको निर्णयले छलफललाई अझ सहज बनाउने निर्णय भएको मन्त्री लेखकले बताउनुभयो ।

वि.सं.२०७३ असोज १२ बुधवार ०३:३३ मा प्रकाशित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

हावा हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित

भोजपुर । वर्षासँगै आएको हुरीले खुर्सानी खेतीमा क्षति र्पुयापछि भोजपुरका...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...