back
CTIZAN AD

ज्वालामुखी विस्फोटनका कारण पर्यटक हटाइए

वि.सं.२०७३ असोज १३ बिहीवार

1.3K 

shares

१३ असोज, जाकार्ता । मध्य इन्डोनेसियाको वेस्ट नुसा टेङ्गारा प्रान्तको एउटा पर्वतमा ज्वालामुखी विस्फोट भएको हुँदा त्यस क्षेत्रमा भ्रमण गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई बुधबार तत्काल हटाई रिक्त पारिएको छ ।

इन्डोनेसियाका प्रहरी, राष्ट्रिय सेना तथा स्थानीय अधिकारीहरूको संयुक्त प्रयासमा भेटिएजत्ति विदेशी तथा स्वदेशी पर्यटकहरूलाई बाहिर खतरामुक्त र सुरक्षित स्थानतर्फ पठाइएको छ ।

रमणीय प्राकृतिक दृश्यसहितको सो क्षेत्र निकै विशाल भएका कारण अन्य सयौँ पर्यटकको व्यापक खोजी भई रहेको पनि राष्ट्रिय प्राकृतिक प्रकोप नियन्त्रण निकायले जनाएको छ ।

वेस्ट नुसा टेङ्गारा प्रान्तमा अवस्थित विभिन्न पर्वत शृङ्खलामध्ये रिन्जानी शिखरकी छोरी भनी परिचित बारुजारी शिखरबाट गएराति अचानक ज्वालामुखी विस्फोट भएको छ । सो इलाकाको आकाशमा दुई किलोमिटर माथिसम्म आगोको लप्का र तातो खरानीको मुस्लो उठेको उक्त निकायले जानकारी दिएको छ ।

बारुजारी पर्वतको चुचुरोले ज्वालामुखी ओकलेकै बखत तीनसयभन्दा बढी विदेशी र ५६ जना जति स्वदेशी पर्यटक त्यस क्षेत्र वरपर घुमिरहेका थिए ।

स्थानीय निकायले घटनास्थल वरिपरी तीन किलोमिटर टाढासम्म “खतरा क्षेत्र” घोषणा गरी त्यस क्षेत्रका बासिन्दालाई चनाखो रहन आह्वान गरेको छ ।

ज्वालामुखी विस्फोटबाट उत्पन्न हानिकारक ग्यास, धुवाँ र धुलोबाट जोगिन स्थानीय जनतालाई तीनलाख थानभन्दा बढी मास्क वितरण गर्ने तयारी पनि भई रहेको जनाइएको छ ।

इन्डोनेसियामा १७ हजार ५ सयभन्दा बढी सामुन्द्रिक द्विप रहेका तथा विशाल र सक्रिय ज्वालामुखीय पर्वत १२९ रहेका छन् । सिन्ह्वा

वि.सं.२०७३ असोज १३ बिहीवार ०३:३३ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...