Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

चीनको कुनमिङ नजिकै उन्नाइस व्यक्तिको हत्या



flag-china

१४ असोज, साङघाई (चीन) । चीनको प्रहरीले बिहीबार १९ जनाको हत्या गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

 युनान प्रान्तको  कुनमिङ सहर नजिकैको एक गाउँका २६ वर्षीय याङ क्वीनपेईले आफ्नै गाउँका १९ जनालाई बुधबार राति आक्रमण गरी हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

चीनको राष्ट्रिय समाचार संस्था सिन्ह्वाले बिहीबार बिहानै १९ जना गाउँले उनीहरूकै घरमा मृत अवस्थामा फेला परेका जनाएको थियो ।

मृतकमध्ये ११ जना पुरुष र आठ जना महिला रहेको बताइएको छ । मृतकमा तीन वर्षीया बालिकादेखि ७२ वर्षीया वृद्धा रहेका छन् ।

  युनान प्रहरीले १९ जनाको मृत्यु भएको कुरा पुष्टि गरेको छ । यद्यपि यसमा कुनै आतङ्कवादी समूहको संलग्नता रहेको नभेटिएको चिनियाँ प्रशासनले जनाएको छ । एएफपी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम