back

चरीकोट घटना छानबिन गर्न समिति गठन

वि.सं.२०७३ असोज १४ शुक्रवार

624 

shares
GLOBAL IME AD
NTC AD

१४ असोज,काठमाडौँ। सरकारले चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका सम्बन्धमा छानबिन गरी तीनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ ।

स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा रमेशविक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बिहीबार गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दीपक रिजाल रहनुभएको छ ।

समितिका सदस्य घटनाको विषयमा छानबिन गर्न चरीकोट जानुभएको छ । यही असोज ७ गते केन्द्रमा उपचारका क्रममा साढे दुई वर्षका बालक महादेव रिजालको मृत्यु भएपछि स्थानीयवासीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफ माग्न बाध्य पारेका थिए ।

घटनापछि नेपाल चिकित्सक सङ्घले विहिबार नै स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाडौँ ल्याएको छ । सम्पूर्ण स्वास्थ्यकर्मी काठमाडौँ आएपछि त्यहाँको आकस्मिकसहित अन्य स्वास्थ्य सेवा पनि ठप्प भएको छ । रासस

वि.सं.२०७३ असोज १४ शुक्रवार ०६:१९ मा प्रकाशित

आज अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन हुँदै, विश्वविद्यालय क्याम्पसमा शुक्रवार हुने

आज अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन हुँदै, विश्वविद्यालय क्याम्पसमा शुक्रवार हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र...

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

काठमाडौं । सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको...

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर...

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली...

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट...