back

गरीब र उपेक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्छु: प्रधानमन्त्री

वि.सं.२०७३ असोज १४ शुक्रवार

594 

shares
GLOBAL IME AD
NTC AD

prachanda

१४ असोज, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरीब र उपेक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेकपा (माओवादी केन्द्र) को मकवानपुर जिल्लाको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रतिनिधि मण्डलले जिल्लाका शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

 

भेटमा प्रधानमन्त्रीले सरकारले नयाँ सोचअनुसार काम गर्न खोजेको जानकारी दिँदै गरीब, उपेक्षित वर्ग र क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न लागेको बताए ।  प्रधानमन्त्रीले समग्र देशको आर्थिक विकासका लागि नयाँ सोंचसहित सरकारले काम गर्न खोजेको जानकारी गराउँदै त्यसमा सबैको साथ रहने विश्वास व्यक्त गरेका छन् ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०६:५१ मा प्रकाशित

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

विपीन जोशीको रिहाइबारे कतारका विशेष दूतसँग पुनः आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका...

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

उमेरले छेकेन रहरलाई, बाउन्न वर्षको उमेरमा १ कक्षामा पढ्दै डल्लीदेवी

राजेन्द्रप्रसाद पनेरू, कञ्चनपुर । पढाइको चाहना पूरा गर्न उमेर तगारो...

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

आज यी तीन प्रदेशमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने !

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव...

मेलम्चीको पानी बितरण विस्तार

मेलम्चीको पानी बितरण विस्तार

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी)...

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छः उद्योग उद्योग

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको राष्ट्रिय...

कारको ठक्करबाट घाइते बालकको मृत्यु

कारको ठक्करबाट घाइते बालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका...