back
CTIZAN AD

गरीब र उपेक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्छु: प्रधानमन्त्री

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.2K 

shares

prachanda

१४ असोज, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरीब र उपेक्षित वर्गलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेकपा (माओवादी केन्द्र) को मकवानपुर जिल्लाको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रतिनिधि मण्डलले जिल्लाका शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

भेटमा प्रधानमन्त्रीले सरकारले नयाँ सोचअनुसार काम गर्न खोजेको जानकारी दिँदै गरीब, उपेक्षित वर्ग र क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न लागेको बताए ।  प्रधानमन्त्रीले समग्र देशको आर्थिक विकासका लागि नयाँ सोंचसहित सरकारले काम गर्न खोजेको जानकारी गराउँदै त्यसमा सबैको साथ रहने विश्वास व्यक्त गरेका छन् ।

वि.सं.२०७३ असोज १४ शुक्रवार ०६:५१ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...