back
CTIZAN AD

भ्रममा नपरौँ : क्रान्तिकारी पत्रकार महासंघ

वि.सं.२०७३ असोज १४ शुक्रवार

1.2K 

shares

१४ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनलाई क्रान्तिकारी पत्रकार महासंघसँगको एकता राष्ट्रिय सम्मेलनको नाम दिइएको प्रति क्रान्तिकारी पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव केशरमणि कटुवालले प्रेस वक्तव्य जारी गर्दै भ्रममा नपर्न पनि आग्रह गरिएको छ । वक्तव्यमा भनिएको छ  “हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । २४ साउन, २०७३ मा क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन पश्चात इन्द्र राउतको नेतृत्वमा निर्माण भएको महासंघको सिंगो केन्द्रीय समिति क्रियाशील रहेकै समयमा हाम्रो संगठनप्रति भ्रम फैलाउने गलत मनसायले एकतामा नाम जोडेर हाम्रो संगठनको अस्तित्वमाथि धावा बोलिएकोमा गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौं ।”
विज्ञप्तीमा क्रान्तिकारी पत्रकार महासंघमा आबद्ध रहेका केही व्यक्तीहरु महासंघ छाडेर प्रेस सेन्टरमा समाहित भएपछि अधिकांश केन्द्रीय सदस्यहरु अझैपनि क्रान्तिकारी पत्रकार महासंघमा नै क्रियाशील रहेको जानकारी पनि गराइएको छ । विज्ञप्तीमा ‘यस्तो निषेधात्मक प्रवृत्तिको हामी कडा शब्दमा विरोध गर्न गर्दछौं ।’

वि.सं.२०७३ असोज १४ शुक्रवार १३:०० मा प्रकाशित

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...