Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

भ्रममा नपरौँ : क्रान्तिकारी पत्रकार महासंघ



१४ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टरको राष्ट्रिय सम्मेलनलाई क्रान्तिकारी पत्रकार महासंघसँगको एकता राष्ट्रिय सम्मेलनको नाम दिइएको प्रति क्रान्तिकारी पत्रकार महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव केशरमणि कटुवालले प्रेस वक्तव्य जारी गर्दै भ्रममा नपर्न पनि आग्रह गरिएको छ । वक्तव्यमा भनिएको छ  “हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । २४ साउन, २०७३ मा क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय सम्मेलन पश्चात इन्द्र राउतको नेतृत्वमा निर्माण भएको महासंघको सिंगो केन्द्रीय समिति क्रियाशील रहेकै समयमा हाम्रो संगठनप्रति भ्रम फैलाउने गलत मनसायले एकतामा नाम जोडेर हाम्रो संगठनको अस्तित्वमाथि धावा बोलिएकोमा गम्भीर आपत्ति प्रकट गर्न चाहन्छौं ।”
विज्ञप्तीमा क्रान्तिकारी पत्रकार महासंघमा आबद्ध रहेका केही व्यक्तीहरु महासंघ छाडेर प्रेस सेन्टरमा समाहित भएपछि अधिकांश केन्द्रीय सदस्यहरु अझैपनि क्रान्तिकारी पत्रकार महासंघमा नै क्रियाशील रहेको जानकारी पनि गराइएको छ । विज्ञप्तीमा ‘यस्तो निषेधात्मक प्रवृत्तिको हामी कडा शब्दमा विरोध गर्न गर्दछौं ।’


-->

एकराज पाठक, छन्दु (चीन) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।