Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

चार लाख भूकम्पपीडितलाई पहिलो किस्ता



१४ असोज,काठमाडौँ  । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको रु ५० हजार जम्मा भएको छ ।

पहिलो किस्ताको अनुदान लिन ११ जिल्लाका बैंकमा भूकम्पपीडित घरधनीको भिड लाग्ने गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भन्नुभयो, “बैंकमा रहेको रकम आवश्यकताअनुसार घर बनाउने समयमा निर्माण सामग्री खरिदका लागि निकाल्न सकिन्छ, अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाले ब्याज उपलब्ध गराउने व्यवस्था छ, त्यसैले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनःनिर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र निकाल्न प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ”–उहाँले भन्नुभयो ।

घर पुनःनिर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानुनी कारबाही हुने, दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत प्राप्त नहुने हुँदा अनुदान रकम घर पुनःनिर्माण बाहेक अन्यमा खर्च नगर्न अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न गराउन प्राधिकरणले सबैलाई अनुरोध गरेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम