Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

साझा यातायातले वीरगन्जमा पनि सेवा विस्तार गर्ने



sajha१५ असोज, काठमाडौँ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने भएको छ ।

आइतबारदेखि बाग्लुङ र गोरखाका लागि बस सेवा सञ्चालनमा ल्याउने तयारी गरेको साझा यातायातले वीरगन्जका लागि पनि सेवा विस्तार गर्ने तयारी गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार लामो समयपछि सुरु गर्न लागिएको उक्त सेवा विस्तारको प्रारम्भिक परीक्षणमा काठमाडौँदेखि बाग्लुङका लागि दुई र काठमाडौँ–गोरखाका लागि दुई बस सञ्चालन गर्ने तयारी गरे पनि यात्रुलाई समस्या भएकाले थप सेवा विस्तार गर्न लागिएको हो । तीन दिनपछि वीरगन्ज जाने यात्रुले साझाको सेवा लिन पाउनेछन् ।

यही असोज १६ गतेदेखि काठमाडौँबाट बिहान ६ः३० बजे बाग्लुङका लागि दुई र गोरखाका लागि बिहान ७ बजे दुई बस सञ्चालन हुनेछन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ देखि पूर्ण रूपमा लामो मार्गमा साझाका बस सञ्चालन हुन छाडेको थियो । एक हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ