back
CTIZAN AD

यसवर्षको छिन्नलता गीत पुरस्कार गदाललाई

वि.सं.२०७५ जेठ १७ बिहीवार

1.2K 

shares


छिन्नलता गीत पुरस्कार गुठीले २०७४ सालको पुरस्कार तथा सम्मानको घोषणा गरेको छ।  गुठीले २०७४ सालको गीत रचना पुरस्कारबाट ज्ञानेन्द्र गदाललाई पुरस्कृत गरिने घोषणा गरेको छ ।

गदाल २०४० को पुर्वाधबाट नेपाली गीतमा मौलिकता, नविनता, र प्रवृत्तिगत पहिचान स्थापनामा निरन्तर सक्रिय रहेका छन् । उनले ५०० बढी गीतहरू लेखिसकेका छन् भने आधा दर्जन एल्बम प्रकाशन भएका छन् । रेकर्ड भएका १५० बाट दर्जनबढी गीतहरू सदाबाहार चर्चामा रहेका पाइन्छन् । गदालले पुरस्कृत गर्न लागिएको उक्त पुरस्कारको राशी ५१, ००० नगद र सम्मान रहेको जनाइएको छ ।

त्यसैगरी गुठीले संगीत रचनामा बसन्त क्षेत्री र गायनमा संगीता राना प्रधानलाई पुरस्कृत गरिने जनाएको छ।

गुठिले विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान गर्ने समेत जनाएको छ। गायिका मेलिना राई र गायक संगीतकार राजनराज शिवाकोटीलाई ‘कुटुमा कुटु’ गीतका लागि संयुक्त रुपमा युवा प्रतिभा पुरस्कार दिइने बताइएको छ । त्यस्तै वरिष्ठ संगीतकार शान्ति ठटाल र वरिष्ठ गीतकार शिवशंकर थापालाई छिन्नलता विशेष सम्मान प्रदान गरिने छ।

पुरस्कार र सम्मान गुठीले संस्थापक तथा गीतकार रमोलादेवी शाह छिन्नलताको जन्मजयन्ति पारेर साउन ७ गते एक समारोह बिच हस्तान्तरण गरिने गुठीले जनाएको छ।

वि.सं.२०७५ जेठ १७ बिहीवार १७:२५ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...