पाल्पा जिल्लाका ६० गाउँमा पुग्ने लक्ष सहित पाल्पाली समाज युएईले जिल्लाका ६० वटा विद्यालयहरुमा एक सन्देश मुलुक कार्यक्रमको रुपमा १५,००००० (पन्द्र लाख) को अक्षयकोष स्थापना गरेको छ ।
पाल्पा जिल्लामा अबस्थित ८ गाउँपालिकाका ६० वटा बिधालयहरुमा जम्मा १५,००००० लाख बराबरको अक्षयकोष स्थापना गर्ने अभियान अन्तर्गत अहिलेसम्म ५१ बिद्यालयहरुमा अक्षयकोष स्थापना गर्न सफल भएको छ ।
जेष्ठ ०२ र १६ गते २०७५ का दिन पाल्पाली समाज युएईको आफ्नो वार्सिक कार्ययोजना अन्तर्गत चार छुट्टाछुट्टै कार्यक्रम गरि रिब्दिकोट गाउँपालिकामा अबस्थित कालिका आधारभुत बिद्यालय ख्याहा र माथागढ़ी गाउँपालिकामा अबस्थित महेन्द्र नरेश प्रावि रहबास, धारादेवी मावि बहादुरपुर र सातपोखरि मावि गोठादिका ३ विद्यालयहरुमा गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि सहयोग तथा सम्मान हुने उद्देश्यले स्थापना गरियको अक्षयकोष हस्तान्तरण कार्यक्रम अत्यन्तै सभ्य र भव्यताका सुसम्पन्न भएको जनाएको छ ।
कार्यक्रममा पाल्पाली समाज युएईको प्रतिनिधित्व गर्दै दुबई समितिका अध्यक्ष खगेस्वार पाल्पाली कान्छा, सदस्य कुल बहादुर केसी र श्याम रंजनको उपस्थितिमा सम्पन्न भएको थियो ।
समाजले पाल्पाली समाजलाई माया गरि महत्वपूर्ण योगदान गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, केन्द्रिय समितीका पदाधिकारी, संरक्षक एबम सल्लाहकारहरु सबै क्षेत्रीय एबम इकाई समितिका साथीहरू सहयात्री मित्रहरु शुभेच्छुक शुभचिन्तक लगायत सम्पुर्ण सहयोगी हातहरुलाई हृदय देखी नै धन्यवाद व्यक्त गरेको छ ।
त्यस्तै माथागढ़ी गाउँपालिकामा सबै विद्यालयहरुको सम्पूर्ण कार्यक्रम तथा यातायात व्यवस्थापन गर्दै सबै विद्यालयहरुमा आफै उपस्थिति जनाई सहयोग तथा हौसला बढाईदिनु हुने माथागढ़ी गाउँपालिकामा प्रमुख सन्तोष थापा मगर शिक्षा कार्यालयका प्रतिनिधि एबम स्रोत व्यक्ति काशीराम बस्याल, कालिका आधारभुत बिद्यालय ख्याहाको सम्पूर्ण कार्यक्रम तथा यातायात व्यवस्थापन गर्दै सहयोग गर्नुहुने शिक्षा कार्यालय प्रतिनिधि एबम स्रोत व्यक्ति लक्ष्मी ढुंगाना, व्यवस्थापन समिती अभिभावक संघ बुद्धजिवि भद्र भलाद्मी प्राध्यानाध्यापक नेपालमा नै रहेर पनि पाल्पाली समाज युएईलाई सहयोग गर्नुहुने देवबहादुर दर्जी, बाबुराम क्षेत्रि लगायत सम्पुर्ण शिक्षक शिक्षीकाहरु प्रति अध्यक्ष बेदप्रसाद अर्यालले आभार एव हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
वि.सं.२०७५ जेठ १७ बिहीवार १८:४६ मा प्रकाशित































