Logo
१४ आश्विन २०८०, आईतवार
     Sun Oct 1 2023
E-paper
  English Edition
   Unicode
Logo

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा नेम्वाङ



१६ असोज, पाँचथर । निर्माण व्यवसायी सङ्घ पाँचथरको दशौँ अधिवेशनले वीरेन्द्र नेम्वाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।

आज सम्पन्न अधिवेशनको बन्दसत्रले नेम्वाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बल थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल र तृतीय उपाध्यक्षमा शशिराज आङ्देम्बे निर्वाचित हुनुभएको छ ।

त्यस्तै महासचिवमा सूर्यप्रकाश बाँस्कोटा, नीतिगत उपमहासचिवमा दीपेन योक्पाङ्देन, आन्तरिक उपमहासचिवमा पूर्ण आङ्देम्बे र कोषाध्यक्षमा दीनानाथ अधिकारी निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद बाँस्कोटा, डिल्लीकुमार आले, ताराप्रसाद भट्टराई, शङ्कर थापा, सिरेन राई, प्रेम तुम्बापो, जगत थापा, गोपी नेपाली, शैलेन्द्र कुरुम्बाङ, लोकप्रसाद अधिकारी, नरहरि उप्रेती र विनोद खनाल निर्वाचित हुनुभएको छ ।

महिला सदस्यमा भने देवकुमारी ढुङ्गाना निर्वाचित हुनुभएको छ । समितिका सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

शुक्रबारदेखि सुरु भएको अधिवेशनको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष सरदकुमार गौचनले उद्घाटन गर्नुभएको थियो । रासस


-->

बहराइन । गैरआवासीय नेपाली संघ९एनआरएन० का अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार शर्माले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन क्षेत्रलाई नयाँ ढङ्गले

काठमाडौं । रिचेत जलविधुत कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन