back
CTIZAN AD

चिकनगुनिया सङ्क्रमित महिला रौतहटमा बसोबास गर्ने गरेको पुष्टि

वि.सं.२०७३ असोज १६ आइतवार

1.3K 

shares

१६ असोज,चितवन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ ।

पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं ३ बुद्धनगर स्थायी घर भई विगत छ वर्षयता चन्द्रनिगाहपुरमा बस्दै आएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरहरि चापागाईंको नेतृत्वमा उहाँकै निवास पुगेर महिलाको बारेमा विस्तृत अध्ययनसमेत गरेको छ ।

टोलीमा रहनुभएका किट नियन्त्रक राम केसीका अनुसार ती महिला भदौ ३१ गते ज्वरो आएपछि चन्द्रनिगाहपुरबाट उपचारका लागि असोज १ गते भरतपुर आएकी थिइन् । २ गते मौलाकालिका अस्पतालमा भर्ना भई ३ गते सोही अस्पतालबाट काठमाडौँ लगिएको थियो । मौलाकालिका अस्पतालमा डेङ्गुको उपचारपछि उनलाई काठमाडौँस्थित शुक्रराज ट्रपिकल अस्पतालमा पठाइएको हो । असोज ४ गते ट्रपिकल अस्पतालमा भर्ना भई ६ गते डिस्चार्ज भएको र ७ गते चितवन फर्किएको केसीले बताउनुभयो ।

उपचारपछि ती महिला आफ्नै घर बुद्धनगर फर्किएकी छन् । श्रीमान् चन्द्रनिगाहपुरमा जागिर खाने भएपछि उनीहरु बजारमै बसोबास गर्दै आएको पाइएको छ । महिलाले ज्वरो आउने र टाउको दुख्ने भएपछि उपचारका लागि भरतपुर आएको जनाएको केसीले बताउनुभयो । अहिले महिलाको अवस्था सामान्य रहेको केसीले जानकारी दिनुभयो ।

उनी बसोबास गर्ने बुद्धनगरको घर वरिपरि सरसफाइ रहेको र पानी नजमेको पाइएको केसीले बताउनुभयो । निमित्त प्रमुख चापागाईंले रोग रौतहटबाट आएको हुँदा विभागमार्फत रौतहटमा अध्ययनका लागि जानकारी गराइने बताउनुभयो ।

ती महिलाको चितवनमा डेङ्गु परीक्षण गर्दा नेगेटिभ देखिएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । चापागाईंले ती महिलालाई डेङ्गु सार्ने लामखुट्टेले टोकेर अर्काे कुनै व्यक्तिलाई टोकेको भए रोग सर्ने सम्भावना रहने बताउनुभयो । यद्यपी लामखुट्टेले यो रोग यो सार्ने गर्दछ ।
भारतमा सन् २००३ मा महामारीका रूपमा चिकनगुनियाको सङ्क्रमण देखिएको थियो । यो रोग लागेको वाकवाक आउने, उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने फिजिसियन डा. कालिदास अधिकारीले बताउनुभयो । यस्तो लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जाँच गराउनुपर्ने सुझाव उहाँको छ । पछिल्लो समय डेंगुको हंका लागेका बिरामीलाई चिकनगुनियाको समेत परीक्षण गर्न सुझाईएको उहाँले बताउनुभयो । रासस

वि.सं.२०७३ असोज १६ आइतवार ०४:४१ मा प्रकाशित

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह...