Logo
१३ आश्विन २०८०, शनिबार
     Sat Sep 30 2023
E-paper
  English Edition
   Unicode
Logo

स्थानीयको सक्रियतामा पदमार्ग मर्मत



१७ असोज,बाबियाचौर (म्याग्दी) । पहिरो र बाढीका कारण अवरुद्ध भएको म्याग्दीको मुदीस्थित धौलागिरि चक्रिय पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ ।

गत असारदेखि अवरुद्ध भएको पदमार्ग स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी आइतबारदेखि खुलाएका हुन् । पहिरो र बाढीले भत्काएको पदमार्ग मर्मतका साथै विभिन्न ठाउँमा अस्थायी पुल निर्माण गरेर पदमार्गमा सहजरुपमा आवतजावत गर्न सकिने स्थानीय बासिन्दा बोमबहादुर पुनले जानकारी दिनुभयो ।

भिरबाट खसेको ढुङ्गाले लागेर दोभानस्थित म्याग्दी नदी माथि रहेको झोलुङ्गे पुल छिनालेकाले सो स्थानमा काठको अस्थायी पुल (साँघु) बनाएर खोला तर्न सकिने बनाइएको छ । यसैगरी अन्य ठाउँमा खसेको पहिरो र बाढीका कारण भत्किएको पदमार्ग समेत मर्मत गरिएको छ ।

जिविसको रु एक लाख सहयोगका साथै बगरका ३५ घरधुरीले एक हप्तासम्म श्रमदान गरेर पदमार्ग मर्मत गरेका हुन् । म्याग्दीको मुदी हुँदै संसारको सातौं अग्लो धौलागिरि हिमालको आरोहण र मुस्ताङ जानका लागि यो पदमार्ग प्रयोग हुने गर्छ । असोज, कात्तिक, चैत र वैशाख महिनामा यो पदमार्गमा पर्यटक आउने गर्छन् । रासस


-->

राजेश क्षेत्री निर्दोष, दार्चुला १. थुनेर राख्नुहोस् कारागार के गर्न खोजेका हुन् देशकै माने

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहनुका साथै बंगालको

काठमाडौँ । सरकार र आन्दोलनरत संयुक्त राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिबीच सहमति भएको

म्यामराज राई, भोजपुर, हाल -जापान ‘जिम्दार साब ! म तपाईहरूकै बालीघरेकी छोरी हूँ ।

ध्रुबप्रसाद गजुरेल,तारकेश्वर, काठमाडौं हराएछ मान्छे समरमा कतै भुलेको छ बाटो सफरमा कतै छ पैदल