काठमाडौँ । हाप्की–डो सङ्घ ललितपुरले महेशराज वज्राचार्यको नेतृत्वमा विहिबार नौ सदस्यीय जिल्ला कार्यसमिति पुनःगठन गरिएको छ ।
पुनःगठित कार्यसमितिको उपाध्यक्षमा रवि दर्शन धारी, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा प्रदीपकुमार केसी रहेको सङ्घले जनाएको छ ।
त्यसै सदस्यमा सगुन श्रेष्ठ, श्रीकण्ठ नेमपुल, नवीन महर्जन, सुरेशचन्द ठकुरी र सुन्दर महर्जन रहेका छन् । नेपाल मार्सलआर्ट गेम्स कमिटीको मातहतमा यो सङ्घ रहेको जनाइएको छ ।