back
CTIZAN AD

राष्ट्रियता जोगाउन दलबीचको एकता आवश्यक

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.2K 

shares

२१ असोज, काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले मुलुकको राष्ट्रियता जोगाउन दलहरूबीचको एकता अपरिहार्य आवश्यकता हो भन्नुभएको छ ।

देशभक्त जनगणतान्त्रिक मोर्चाले यहाँ विहिबार आयोजना गरेको अन्तक्र्रियामा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले पछिल्लो पटक देशको राष्ट्रियता अत्यन्त सङ्कटमा परेको हुँदा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै वामपन्थी शक्तिबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा जारी गरिएको २५ बुँदे संयुक्त वक्तव्य नेपालको राष्ट्रियता विपरीत भएको टिप्पणी गर्नुभयो ।

नेकपा (माले)का महासचिव सिपी मैनालीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको २५ बुँदे संयुक्त वक्तव्यको १० नम्बर बुँदा नेपालको आन्तरिक मामिला विपरीत रहेको बताउँदै नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई अपिल गर्नुभयो ।

नेकपा माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले दलका नेताले सत्ता बाहिर रहुँन्जेल राष्ट्रियताको चर्को कुरा गर्ने तर सरकारमा गए पछि त्यसलाई चटक्कै बिर्सिने गरेको आरोप लगाउनुभयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष तथा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले राष्ट्रियताका पक्षमा देशव्यापी रुपमा सङ्घर्ष गर्नुपर्ने धारणा राख्नुभयो ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:५१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...