back
CTIZAN AD

पहिरोमा परी एकै परिवारका तीनसहित चारको मृत्यु

वि.सं.२०७५ साउन ७ सोमवार

597 

shares
फाइल : फोटो

६ साउन, बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका–६ बयानामा आइतबार दिउँसो पहिरोमा परी एकै परिवारका तीनसहित चारजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा खप्तड छान्ना गाउँपालिका–६ बयानाकी ४५ वर्षीया उजलीदेवी थापा, उनकी ३२ वर्षीय बुहारी महेश्वरी थापा र उनका छ वर्षीया छोरा कृष्ण थापा र सोही गाउँका २० वर्षीय मंगल थापा रहेको घटनास्थलमा खटिएका वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिए । महेश्वरी वडा नं. ६ की महिला स्वास्थ्य स्वयंमसेविका पनि हुन् ।

गाउँ नजिकै रहेको शिव मन्दिर पहिरो जाँदा चौतारामा बसिरहेका र बाटोमा हिँड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

घटनामा परी अन्य दुई जना घाइते भएका छन् । पहिरोमा परी सोही गाउँका पाँच वर्षीय कविराज थापा र रिकेश थापा घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ साउन ७ सोमवार ०९:३३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...