back

मेक्सिकोमा कम उमेरको गर्भधारण दर उच्च

वि.सं.२०७३ असोज २७ बिहीवार

549 

shares
IME Limited
NTC AD

२७ असोज,मेक्सिको सिटी  । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलप्मेन्ट (ओइसिडि) सङ्गठन अन्तर्गत रहेका राष्ट्रहरुमध्ये मेक्सिकोमा कम उमेर वा किशोरी अवस्थामै गर्भधारण गर्ने दर अतिउच्च रहेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको एक संस्थाले जनाएको छ ।

ओइसिडिमा अमेरिकी तथा ल्याटिन अमेरिकी राष्ट्र गरी ३५ वटा देशहरु आवद्ध छन् ।

राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा हालै प्रकाशित एक प्रतिवेदनमा मेक्सिकोमा जन्मिएका प्रत्येक एक हजार शिशुका मातृसंख्या मध्ये १५ देखि १९ वर्ष उमेर समूहका किशोरी आमाहरुको संख्या ६४ रहेको छ ।

त्यसैगरी, किशोरी आमाहरुले जन्म दिएका शिशुको वालमृत्युदर पनि अति उच्च रहेको पाइएको छ । यस्ता शिशुको बालमृत्यु दर एक हजारमा ७७ जना रहेको पनि जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले विश्वब्यापी रुपमा हरेक वर्ष ११ अक्टोबरका दिन “अन्तर्राष्ट्रिय बालिका दिवश” मनाउने गरेको छ ।

यसै दिनमा विश्वभरीका बालिका वा नाबालिग छोरीले के कस्ता उमेरजन्य वा लैंगिक अवस्थाजन्य अवरोध भोग्नु परिरहेको छ, सो बारे युनिसेफले वार्षिक विवेचना प्रकाशन गर्दछ ।

यसै क्रममा, सो प्रतिवेदनले मेक्सिकोमा किशोरी गर्भधारण दर बारे तथ्य प्रकाशन गरेको पनि जनाइएको छ ।

त्यस्तै, वालिकाउपर यौनजन्य हिंसा वा दुराचार दर पनि बढ्दै गएकोमा मेक्सिकोका लागि युनिसेफका प्रतिनिधि क्रिश्चियन स्कूगले चिन्ता ब्यक्त गरे ।

सन् २०१२ मा यौनहिंसारदुराचारका २१ हजार ७१४ केस दर्ता भएकोमा सन् २०१४ मा यो संख्या २३ हजार नाघेकाले यो मामलाले पनि बढ्दो समस्याको रुप लिएको मेक्सिकाली राष्ट्रिय स्वास्थ्य तथा पोषण सर्वेक्षण कार्यक्रमले जानकारी दिएको छ ।

देखावटी रुपमा अन्तर्राष्ट्रिय बालिका दिवश मनाएर मात्र बालिकाहरुले भोग्नु परेका यस्ता सामाजिक समस्याबाट मेक्सिकोलाई मुक्त गर्न नसकिने भएकोले यसमा सबैको एकतावद्ध सहयोग आवश्यक रहेको युनिसेफ प्रतिनिधि स्कूगले बताए । रासस÷सिन्ह्वा

वि.सं.२०७३ असोज २७ बिहीवार १४:१६ मा प्रकाशित

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

अहमदाबाद (भारत) । दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय...

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

लस एन्जेलस (अमेरिका) । लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही...

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले...

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

  देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने...

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी...