back
CTIZAN AD

मेक्सिकोमा कम उमेरको गर्भधारण दर उच्च

वि.सं.२०७३ असोज २७ बिहीवार

1.1K 

shares

२७ असोज,मेक्सिको सिटी  । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलप्मेन्ट (ओइसिडि) सङ्गठन अन्तर्गत रहेका राष्ट्रहरुमध्ये मेक्सिकोमा कम उमेर वा किशोरी अवस्थामै गर्भधारण गर्ने दर अतिउच्च रहेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको एक संस्थाले जनाएको छ ।

ओइसिडिमा अमेरिकी तथा ल्याटिन अमेरिकी राष्ट्र गरी ३५ वटा देशहरु आवद्ध छन् ।

राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा हालै प्रकाशित एक प्रतिवेदनमा मेक्सिकोमा जन्मिएका प्रत्येक एक हजार शिशुका मातृसंख्या मध्ये १५ देखि १९ वर्ष उमेर समूहका किशोरी आमाहरुको संख्या ६४ रहेको छ ।

त्यसैगरी, किशोरी आमाहरुले जन्म दिएका शिशुको वालमृत्युदर पनि अति उच्च रहेको पाइएको छ । यस्ता शिशुको बालमृत्यु दर एक हजारमा ७७ जना रहेको पनि जनाइएको छ ।

संयुक्त राष्ट्रसंघले विश्वब्यापी रुपमा हरेक वर्ष ११ अक्टोबरका दिन “अन्तर्राष्ट्रिय बालिका दिवश” मनाउने गरेको छ ।

यसै दिनमा विश्वभरीका बालिका वा नाबालिग छोरीले के कस्ता उमेरजन्य वा लैंगिक अवस्थाजन्य अवरोध भोग्नु परिरहेको छ, सो बारे युनिसेफले वार्षिक विवेचना प्रकाशन गर्दछ ।

यसै क्रममा, सो प्रतिवेदनले मेक्सिकोमा किशोरी गर्भधारण दर बारे तथ्य प्रकाशन गरेको पनि जनाइएको छ ।

त्यस्तै, वालिकाउपर यौनजन्य हिंसा वा दुराचार दर पनि बढ्दै गएकोमा मेक्सिकोका लागि युनिसेफका प्रतिनिधि क्रिश्चियन स्कूगले चिन्ता ब्यक्त गरे ।

सन् २०१२ मा यौनहिंसारदुराचारका २१ हजार ७१४ केस दर्ता भएकोमा सन् २०१४ मा यो संख्या २३ हजार नाघेकाले यो मामलाले पनि बढ्दो समस्याको रुप लिएको मेक्सिकाली राष्ट्रिय स्वास्थ्य तथा पोषण सर्वेक्षण कार्यक्रमले जानकारी दिएको छ ।

देखावटी रुपमा अन्तर्राष्ट्रिय बालिका दिवश मनाएर मात्र बालिकाहरुले भोग्नु परेका यस्ता सामाजिक समस्याबाट मेक्सिकोलाई मुक्त गर्न नसकिने भएकोले यसमा सबैको एकतावद्ध सहयोग आवश्यक रहेको युनिसेफ प्रतिनिधि स्कूगले बताए । रासस÷सिन्ह्वा

वि.सं.२०७३ असोज २७ बिहीवार १४:१६ मा प्रकाशित

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

इजरायलका प्रधानमन्त्री नेतन्याहुविरुद्ध ‘नरसंहार’ अभियोगमा पक्राउ पूर्जी जारी

टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध गाजाका लागि सहायता लिएर गएका...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...