back
CTIZAN AD

कोलम्बियामा विशाल जनप्रदर्शन

वि.सं.२०७३ असोज २८ शुक्रवार

981 

shares

 २८ असोज,बोगोटा । वामपन्थी सशस्त्र विद्रोहीसँग विगतमा सम्पन्न शान्ति सम्झौता धरापमा नपरोस् भन्ने माग राखी कोलम्बियाका हजारौं कृषक, मानव अधिकारकर्मी तथा विद्यार्थीहरु देशभरीका सडकमा उत्रेका छन् ।

सशस्त्र विद्रोही दल रिभेल्युसनरि आम्र्ड फोर्सेस (फार्क)सँग सम्पन्न शान्ति सम्झौताविरुद्ध जाने जनमत सङ्ग्रहको परिणाम एउटा त्यान्द्रो भरमा मात्र झुन्डिएकोले सो स्वीकार गर्न नहुने माग राखी यसै हप्तामा दोस्रो पटक पनि प्रदर्शनकारीहरु सडकमा उत्रेका हुन् ।

बोगोटास्थित गरिएको यस प्रदर्शनको क्रममा दशकौंदेखि जारी लामो द्वन्द्वमा परी मारिएका आफ्ना आफन्तको तस्वीर र शान्तीको प्रतिक सेतो फूल बोकेका व्यक्ति जम्मा भएका बताइएको छ ।

कोलोम्बियामा ५२ वर्ष लामो यस द्वन्द्वमा परी करिब दुई लाख २० हजार व्यक्ति मारिएका छन् भने करिब ८० लाख व्यक्ति घरवार छोडी विस्थापित हुनुपरेको छ ।

यस वर्षको नोवेल शान्ति पुरस्कार कोलम्बियाका राष्ट्रपति जुआँ म्यानुएल सान्तोष दिइएको छ । कोलम्बियामा जारी रहेको हिंसात्मक विद्रोहको अन्त्यगरी शान्ति सम्झौताका माध्यमबाट शान्ति स्थापनाका लागि गरेको पहलस्वरुप उहाँलाई सो पुरस्कार दिइएको हो । रासस ÷एपी

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:४६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...