back
CTIZAN AD

सबै प्रदेशमा विश्वविद्यालय हुने: मन्त्री पौडेल

वि.सं.२०७३ कात्तिक १ सोमवार

903 

shares

dr-paudel

१ कात्तिक,चितवन । शिक्षा मन्त्री धनीराम पौडेलले सरकारले सबै प्रदेशमा एक विश्वविद्यालयको अवधारणाका साथ काम अघि बढाएको बताउनुभएको छ । यसका लागि मन्त्रालयले उच्च शिक्षा ऐन विधेयक संसद्मा लाने तयारी थालेको उहाँले बताउनुभयो ।

नेपाल पब्लिक क्याम्पस सङ्घले आज यहाँ आयोजना गरेको ‘पब्लिक विश्वविद्यालय स्थापना अभियान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

उच्च शिक्षा ऐनलाई शिक्षा क्षेत्रको छाता ऐनका रुपमा अघि सार्न लागेको मन्त्री पौडेलले बताउनुभयो । ऐन बनिसकेपछि उच्च शिक्षा आयोग गठन गरी विश्वविद्यालयलाई अघि बढाउने उहाँले बताउनुभयो ।

चितवनमा पब्लिक विश्वविद्यालय स्थापनाका लागि आफ्नो तवरबाट पूर्ण सहयोग गर्ने बताउँदै उहाँले विश्वविद्यालयका लागि बनाउन लागिएको छाता ऐन बनाउने समयसम्म पर्खनका लागिसमेत आग्रह गर्नुभयो । नेपालमा अहिले ७५० भन्दा बढी पब्लिक क्याम्पस रहेको र उनीहरुलाई सरकारले साथमा लिएर हिँड्नु आजको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

पब्लिक क्याम्पस सङ्घका सल्लाहकार चिरञ्जीवी श्रेष्ठले भरतपुरमा रहेको दियालो बङ्गलामा पब्लिक विश्वविद्यालयको केन्द्रीय कार्यालय बनाउन उपयुक्त हुने बताउनुभयो ।

पब्लिक क्याम्पस प्राध्यापक सङ्घका केन्द्रीय अध्यक्ष गोपाल पाण्डेले पब्लिक विश्वविद्यालय अपरिहार्य रहेको भन्दै समयमा नै निर्णय गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विभिन्न पब्लिक क्याम्पस व्यवस्थापन समितिका अध्यक्षहरु, पब्लिक क्याम्पस सङ्घका पदाधिकारीलगायतले चितवनमा पब्लिक विश्वविद्यालय स्थापना गर्न माग गर्नुभएको थियो । कार्यक्रम सङ्घका केन्द्रीय अध्यक्ष भोलानाथ ओझाको सभापतित्वमा भएको थियो । रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार १०:३२ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...