Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

व्यापारिक क्षेत्रका नेताहरुलाई भारतीय प्रधानमन्त्री मोदीको आग्रह



१ कात्तिक,गोवा (भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापारिक समुदायका नेतालाई ब्रिक्ससँग कामगर्न आग्रह गर्नुभएको छ ।

उहाँले यस क्षेत्रको व्यापारिक प्रवर्धनका साथै आर्थिक उन्नतिका लागि ब्रिक्स राष्ट्रसंग कामगर्न व्यापारिक क्षेत्रका नेताहरुसँग आग्रह गर्नुभएको हो ।
गोवामा सम्पन्न ब्रिक्सको आठौं सम्मेलनका क्रममा उक्त संगठनको ‘बिजनेस काउन्सिल’लाई सम्बोधनगर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
उहाँले यस संगठनलाई जिवत्ता दिन र नयाँ स्वरुपमा तथा विश्वकै एक बलियो संगठनका रुपमा अघि बढाउनका लागि आर्थिक क्रियाकलापहरु बढी नै चलायमान हुनु नितान्त जरुरी रहेकोमा पनि जोड दिनुभयो ।
ब्रिक्स उदाउदो अर्थतन्त्र भएका मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्बद्ध संगठन हो ।

ब्राजिल (बि), रुस (आर), भारत (आई), चीन (सि) र दक्षिण अफ्रिका (एस) यी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्य राखी सन् २००९ मा ‘ब्रिक्स राष्ट्र”को स्थापना भई शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्यराष्ट्र प्रमुख वा सरकारप्रमुखले भाग लिने सहमति भएको थियो ।
यस संगठनको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ । सो सम्मेलनमा विशेषगरी आर्थिक एजेण्डमा नै बढी ध्यान दिइएको थियो । रासस ÷सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले