back
CTIZAN AD

व्यापारिक क्षेत्रका नेताहरुलाई भारतीय प्रधानमन्त्री मोदीको आग्रह

वि.सं.२०७३ कात्तिक १ सोमवार

930 

shares

१ कात्तिक,गोवा (भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापारिक समुदायका नेतालाई ब्रिक्ससँग कामगर्न आग्रह गर्नुभएको छ ।

उहाँले यस क्षेत्रको व्यापारिक प्रवर्धनका साथै आर्थिक उन्नतिका लागि ब्रिक्स राष्ट्रसंग कामगर्न व्यापारिक क्षेत्रका नेताहरुसँग आग्रह गर्नुभएको हो ।
गोवामा सम्पन्न ब्रिक्सको आठौं सम्मेलनका क्रममा उक्त संगठनको ‘बिजनेस काउन्सिल’लाई सम्बोधनगर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।
उहाँले यस संगठनलाई जिवत्ता दिन र नयाँ स्वरुपमा तथा विश्वकै एक बलियो संगठनका रुपमा अघि बढाउनका लागि आर्थिक क्रियाकलापहरु बढी नै चलायमान हुनु नितान्त जरुरी रहेकोमा पनि जोड दिनुभयो ।
ब्रिक्स उदाउदो अर्थतन्त्र भएका मानिने देशहरु ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्बद्ध संगठन हो ।

ब्राजिल (बि), रुस (आर), भारत (आई), चीन (सि) र दक्षिण अफ्रिका (एस) यी पाँच राष्ट्रहरु मिलेर अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहयोगमा अभिवृद्धि गर्ने उद्देश्य राखी सन् २००९ मा ‘ब्रिक्स राष्ट्र”को स्थापना भई शिखर सम्मेलनमा सबै ब्रिक्स सदस्यराष्ट्र प्रमुख वा सरकारप्रमुखले भाग लिने सहमति भएको थियो ।
यस संगठनको आठौं सम्मेलन भारतका गोवामा आइतबार सम्पन्न भएको छ । सो सम्मेलनमा विशेषगरी आर्थिक एजेण्डमा नै बढी ध्यान दिइएको थियो । रासस ÷सिन्ह्वा

वि.सं.२०७३ कात्तिक १ सोमवार १०:३३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...