back

अफगानिस्तानमा पत्रकारको हत्या

वि.सं.२०७३ कात्तिक १ सोमवार

570 

shares
IME Limited
NTC AD

 १ कात्तिक,क्वालात (अफगानिस्तान) । अफगानिस्तानमा आइतबार एकजना पत्रकारको हत्या भएको समाचार छ । दक्षिणी अफगान प्रान्तमा ती पत्रकारको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

दक्षिण अफगान प्रान्त जाबुलको क्वालात सहरमा ती पत्रकारलाई अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका हुन । हत्या भएका पत्रकार सरकारी रेडियो र टेलिभिजनका स्थानीय संवाददाताका रुपमा कार्यरत थिए ।

उक्त नगरमा पत्रकार याकुबले आफ्नो सवारी साधनलाई सडक किनारामा राखेर स्थानीय किराना पसलमा सामान किन्न जान लाग्दा उनीमाथि कैयाँैं राउन्ड गोली चलाइएको थियो

त्यस क्रममा उनीमाथि कैयाँैं पटक गोली हानिएको छ, उक्त प्रान्तका प्रहरी प्रमुख जनरल मिरवाइस नुरजायीले जानकारी दिएका छन् । उनको हत्यापछि आक्रमणकारी त्यहाँबाट भागेका थिए । त्यस हत्याको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

प्रहरीले अनुसन्धान थालेको जनाएको छ । तर यसअघि पनि अफगानिस्तानमा सरकारी पत्रकारको हत्यामा तालिवानको हात रहने गरेकोले यस पटक पनि उनको हत्यामा तालिवानको हात रहेको अनुमान गरिएको छ ।

अफगानिस्तानमा यसवर्षको पहिलो छ महिनामा मात्र कम्तीमा पनि दशजना पत्रकारको हत्या भएको पत्रकारको हकहितमा कार्यरत एक स्थानीय अधिकारवादी संस्थाले जनाएको छ ।

अफगानिस्तानमा तालिवान हिंसा सुरु भएपछिको करिब डेढ दशकको समयमा कम्तीमा पनि ५० जना पत्रकार मारिएका छन् ।

यसै वर्षको जनवरी महिनामा मात्र एक टेलिभिजन नेटवर्कमा कार्यरत कम्तीमा पनि सातजना पत्रकारलाई एकै हमलामा हत्या गरिएको थियो । सो हमलामा परी अरु दर्जनौँ सर्वसाधारण सख्त घाइते भएका थिए । रासस÷ सिन्ह्वा

वि.सं.२०७३ कात्तिक १ सोमवार १०:५२ मा प्रकाशित

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

एयर इन्डिया दुर्घटनापछि अवशेषहरूको प्रतीक्षामा आफन्तहरू

अहमदाबाद (भारत) । दशकौँमा विश्वको सबैभन्दा खराब विमान दुर्घटनापछि भारतीय...

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

लस एन्जेलसमा कर्फ्यू ‘केही दिन’ जारी रहने छ : मेयर

लस एन्जेलस (अमेरिका) । लस एन्जेलसमा राति लगाइएको कर्फ्यू ‘केही...

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले...

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

  देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने...

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी...