back
CTIZAN AD

म्यानमारमा डुङ्गा दुर्घटना १४ को मृत्यु

वि.सं.२०७३ कात्तिक १ सोमवार

1.5K 

shares

१ कात्तिक,याङ्गुन । मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा १४ व्यक्तिको मृत्यु हुनको साथै दर्जनौ बेपत्ता भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेका बताइएको छ । शनिबार बिहान सबेरै भएको यस दुर्घटनाबाट १५४ व्यक्तिलाई भने उद्धार गरिएको छ ।यानमारको मोनीवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने एक जलक्षेत्रमा सो दुर्घटना भएको थियो ।

सो डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । सो डुङ्गामा प्रायः विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी करिब ३० जना शिक्षक केही चिकित्सकलयलगात र अन्य १०० भन्दा बढिबीच बाटोमा चढेका व्यक्ति रहेको जनाइएको छ ।

सो दुर्घटनाबाट बाँच्न सफल भएका २७ वर्षीय एक विद्यायलका शिक्षिकाले बौद्धधर्मावलम्बी मनाउने पर्वको आफ्–आफ्ना एक वर्षीय छोरा र श्रीमान्सँग पारवारिक यात्रा गरिरहेको बताएकी छिन् ।

दुर्घटनाको क्रममा आफ्ना छोराको मृत्यु भएको श्रीमान्को अवस्था अज्ञात रहेको पनि उनले जानकारी दिएकी छिन् ।

म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमता भन्दा बढी यात्रु डुङ्गामा सवार हुनुनै बारम्बार दुर्घटना हुृने गरेको अधिकारीको अनुमान रहेको छ ।

दुर्घटनापछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका छन् । रासस ÷एएफपी

वि.सं.२०७३ कात्तिक १ सोमवार ११:०१ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...