Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

म्यानमारमा डुङ्गा दुर्घटना १४ को मृत्यु



१ कात्तिक,याङ्गुन । मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा १४ व्यक्तिको मृत्यु हुनको साथै दर्जनौ बेपत्ता भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेका बताइएको छ । शनिबार बिहान सबेरै भएको यस दुर्घटनाबाट १५४ व्यक्तिलाई भने उद्धार गरिएको छ ।यानमारको मोनीवा सहरबाट ७२ किलोमिटर उत्तरमा पर्ने एक जलक्षेत्रमा सो दुर्घटना भएको थियो ।

सो डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । सो डुङ्गामा प्रायः विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी करिब ३० जना शिक्षक केही चिकित्सकलयलगात र अन्य १०० भन्दा बढिबीच बाटोमा चढेका व्यक्ति रहेको जनाइएको छ ।

सो दुर्घटनाबाट बाँच्न सफल भएका २७ वर्षीय एक विद्यायलका शिक्षिकाले बौद्धधर्मावलम्बी मनाउने पर्वको आफ्–आफ्ना एक वर्षीय छोरा र श्रीमान्सँग पारवारिक यात्रा गरिरहेको बताएकी छिन् ।

दुर्घटनाको क्रममा आफ्ना छोराको मृत्यु भएको श्रीमान्को अवस्था अज्ञात रहेको पनि उनले जानकारी दिएकी छिन् ।

म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमता भन्दा बढी यात्रु डुङ्गामा सवार हुनुनै बारम्बार दुर्घटना हुृने गरेको अधिकारीको अनुमान रहेको छ ।

दुर्घटनापछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका छन् । रासस ÷एएफपी


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा