Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

सुदूरपश्चिममा शिक्षाका लागि खाद्य कार्यक्रम विस्तार



२ कात्तिक,कैलाली। सुदूरपश्चिमका ४२८ निम्न माध्यमिक विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम थप विस्तार गरिएको छ ।

यो कार्यक्रम कार्यान्वयनबाट बाल विकास केन्द्र, प्राथमिक विद्यालय र निमावि समेत गरी एक हजार ८०१ विद्यालयका एक लाख ८८ हजार ११९ विद्यार्थी लाभान्वित भएका खाद्य कार्यक्रम परियोजना समन्वय कार्यालयले जनाएको छ ।

विद्यालयका छात्रछात्राको उपस्थिति दर वृदि गर्न प्रत्येकलाई दैनिक ९० ग्राम पोषणयुक्त पिठो, १० ग्रामका दरले महिनामा एक पटक तेल र १० ग्राम चिनी वितरण गर्ने गरिन्छ । साथै दिउँसोको खाजाबापत हलुवा पकाएर खुवाइने गरिन्छ ।

सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरबाहेक सबै सात जिल्लामा कार्यक्रम कार्यान्वयनमा छ । गत वर्षसम्म यो कार्यक्रम बाल विकास केन्द्र र प्राथमिक विद्यालयमा मात्र लागू भएको थियो ।

यो परियोजना कार्यान्वयनका लागि विद्यालयमा विद्यार्थी भर्ना दर, खाद्यान्नको उत्पादन दर, कुपोषणको अवस्थाका विषयमा गाविस र विद्यालय छनोट गर्ने गरेको कार्यालयका प्रमुख नेत्रप्रसाद पन्तले बताउनुभयो ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा सरकारले यो परियोजना सञ्चालन गरेको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ