back
CTIZAN AD

भारतीय राष्ट्रपतिलाई भव्य स्वागतको तयारी

वि.सं.२०७३ कात्तिक २ मंगलवार

1.2K 

shares

२ कात्तिक,महेन्द्रनगर (धनुषा) । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको क्रममा यहाँ भव्य स्वागतको तयारी हुँदैछ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही १९ गते हुने जनकपुर भ्रमणको तयारी र स्वागतको विषयमा सर्वदलीय बैठकको आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आयोजना गरेको सर्वदलीय बैठकमा राष्ट्रपतिको जनकपुर भ्रमणको दिनमा सर्वसाधारणलाई आफ्नो घरबाट बाहिर निस्केर स्वागत तथा नेपाल भारतको संयुक्तरुपमा झन्डा फहराएर स्वागत गर्ने निर्णय गरिएको छ ।

जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने समेत निर्णय भएको छ । यसका लागि आआफ्नो स्तरबाट तयारी थाल्न समेत निर्णय भएको छ ।

बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं, राजनीतिक दलका अतिरिक्त बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, जनकपुर उपमहानगरपालिका, जिल्ला विकास समिति धनुषाका प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको भ्रमणको समयमा जनकपुरसहित अन्य धार्मिक र पर्यटकीय ठाउँ जाने हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा आउन लाग्नुभएका मुखर्जीको जनकपुर, लुम्बिनी र पोखरा भ्रमणको तयारी छ ।

जनकपुर जाने पक्का भएको र अन्य दुई ठाउँको भने तयारी भइरहेको जानकारी दिइएको छ । मुखर्जीलाई काठमाडौँबाट जनकपुर, जनकपुरबाट फेरि काठमाडौँ, काठमाडौँबाट पोखरा, पोखराबाट लुम्बिनी र लुम्बिनीबाट काठमाडौँ ल्याइने गरी रुट मिलाइएको बताइएको छ ।

यसअघि २०७१ मा नेपालमा भएको सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उक्त ठाउँमा जान चाहनुभएको तर सुरक्षाको कारण देखाउँदै उहाँको भ्रमण रद्द गरिएको थियो ।

राष्ट्रपति मुखर्जी आगामी कात्तिक १७ देखि १९ सम्म नेपाल भ्रमणमा आउनुहुने भएको छ ।

यसअघि नेपालका राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने र त्यसपछि भारतीय राष्ट्रपति मुखर्जीले भ्रमण गर्ने तय भए पनि भण्डारीको भ्रमण एक्कासि स्थगित भएपछि मुखर्जीको भ्रमण पनि अनिश्चित बनेको थियो ।

यसैबीच, सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो । मुखर्जी जनकपुर आउने विषयमा केही साता पूर्व नै भारतीय अधिकारीले जनकपुर आएर विभिन्न स्थलको अवलोकन गरिसकेका थिए ।

सुरक्षा लगायतको विषयमा जानकी मन्दिरमा पुगेर स्थलगत अनुगमन समेत गरिसकिएको छ । राष्ट्रपति मुखर्जीले केही योजनाको शिलान्यास समेत गर्ने कार्यक्रम रहेको छ । उहाँ आएपछि जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

जानकी मन्दिरमा पूजापाठ पछि उहाँ नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने बताइएको छ । नागरिक अभिनन्दनपछि उहाँले हुलाकी सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०५:५२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण...

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...