back
CTIZAN AD

दक्षिण सुडानमा सरकारी सेना र विद्रोहीबीच भिडन्त हुँदा साठीको मृत्यु

वि.सं.२०७३ कात्तिक २ मंगलवार

819 

shares

२ कात्तिक,मालाकाल (दक्षिण सुडान) । दक्षिण सुडानमा सरकारी सेना र विपक्षी दलका लडाकूबीच भएको भिडन्तमा साताको अन्त्यतिर कम्तिमा ६० जनाको मृत्यु भएको सुडानी पिपुल्स लिबरेसन आर्मी (एसपीएलए) का प्रवक्ता ब्रिगेडिएर जनरल लुल रुवाई कोआङकले सोमबार बताउनुभएको छ ।

भिडन्तमा पूर्व उपराष्ट्रपति रेइक मसार समर्थक ५६ जना लडाकूको मृत्यु भएको र चार जना सरकारी सैनिक अधिकारीले ज्यान गुमाएको प्रवक्ता कोआङले बताउनुभयो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भई स्थापना भएको संसारकै सबैभन्दा कान्छो देश दक्षिण सुडानमा राष्ट्रपति साल्भा किर र पूर्व उपराष्ट्रपति मसारका समर्थकबीच हुने झडपमा ज्यान गुमाउने दक्षिण सुडानी नागरिकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको छ ।

दक्षिण सुडानको वाजोक र लेलो क्षेत्रमा शुक्रबारदेखि झडप सुुरु भई शनिबारसम्म भिडन्त भएको बताइएको छ ।

उक्त झडपमा दर्जनौँ नागरिकले ज्यान गुमाएको र हजारौँ नागरिक विस्थापित हुन पुगेका स्थानीय मानवअधिकारवादी सङ्घसङ्गठनले जनाएका छन् । रासस÷एएफपी

वि.सं.२०७३ कात्तिक २ मंगलवार ०६:०१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...