back
CTIZAN AD

कस्तो अवस्थामा माइग्रेनको समस्या बढ्छ ?

वि.सं.२०७५ भदौ १९ मंगलवार

618 

shares

स्वास्थ्यविज्ञका अनुसार जो महिलाको पेटमा चर्वि बढी हुँदै जान्छ उनीहरुमा दुब्ला महिलाको तुलनामा माइग्रेनको समस्या ३७ प्रतिशत बढ्ने बताइन्छ । एक अध्ययनका अनुसार मोटोपन कम गर्दै जानु भयो भने तपाइले यसको फरक महसुस गर्नुहुन्छ । स्वस्थ्य विज्ञका अनुसार मोटोपन बढ्दै जाँदा यसको सिधा असर माइग्रेनमा पर्दैै जान्छ । त्यसकारण तपाइको मोटोपन नियन्त्रण गर्न आवस्यक छ । यसको लागि नियमित योगाका साथै बिहान बेलुका सन्तुलित आहार लिनु आवस्यक छ । माइग्रेनका समस्या हुनेहरु जंक फुड र तनावबाट टाढा रहनु नै उत्तम हुन्छ ।

त्यस्तै एक अध्ययनका अनुसार एलर्जीग्रस्त मानिसहरुमा अन्य व्यक्ति भन्दा बढी माइग्रेनको समस्या पाइन्छ । एलर्जीका कारण शरीरमा तथा रसायनको पदार्थको उत्पादन हुन्छ । जसका कारण टाउको दुख्ने कारण बन्छ । एलर्जी हटाउन दिइने औषधिले माइग्रेनको समस्या ५० प्रतिशत कम हुने बताइन्छ ।

आजभोलीको मौसममा एलर्जी हुने ज्यादा सम्भावना हुन्छ । यदि तपाइमा एलर्जीको समस्या छ भने आफ्नो घर सफा राख्नुहोस् । धुलो तथा माटो भएको ठाउँमा नजानुहोस । बाहिरको खाना कम खानुहोस् । बाहिर निस्कदा माक्स वा कपडाले मुख छोपेर हिड्नुहोस् ।

त्यस्तै अर्को एक अध्ययनका क्रममा तापमानमा पाँच डिग्री सेल्सियस बढ्नु पनि माइग्रेनको खतरा ७.५ प्रतिशत बढ्छ । यसकारण माइग्रेनको समस्या गर्मीबाट बच्ने कोशिष गर्नुहोस् । बढी गर्मीमा घरबाट बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।

वर्षाको समयमा किन बिग्रन्छ पाचनतन्त्र ?
मौसम परिवर्तन सँगै हाम्रो शरीर पनि प्रभावित हुन्छ । मौसमको परिवर्तनसँगै रोग प्रतिरोधक तन्त्र (इम्युन सिस्टम) र पाचनतन्त्रमा पनि परिवर्तन हुन्छ । वर्षाको समयमा शरीरमा धेरै समस्या उत्पन्न हुन्छन् । यस्तो अवस्थामा अपच हुनु, फुड प्वाइजन, डायरिया लगायतका धेरै स्वास्थ्य समस्या हुने हुनाले सावधानी अपनाउनु पर्ने हुन्छ ।

वर्षाको मौसममा शरीरमा पचाउने शक्ति कम हुन्छ । बर्षाको बेलामा हामी धेरै मानिसहरु हिलो र पानी परिरहेका कारण भरसक घरबाट बाहिर निस्कदैनौं । यसकारण पनि शरीरको सक्रियता कम हुने र पाचनतन्त्रमा नकारात्मक प्रभाव बढ्छ ।
यसरी हुन सक्छ राहत
बर्षाको समयमा हल्का र पोषक तत्वयुक्त खाना खाने । चिल्लो खानाबाट टाढै रहने । शारीरिक रुपमा सक्रिय रहने । यदि पानीका कारण मर्निङ वाक तथा जिम जान पाउनु भएको छैन भने घरभित्रै शारीरिक गतिबिधि बढाउँदा राम्रो हुन्छ ।
वर्षातको समयमा तारेको खाना, मसला बढी प्रयोग गरिएको खाना, चिया या कफिका बढी प्रयोग हुने सम्भावना हुन्छ । यसकारण यस्ता खाना कम खानुनै उपयुक्त हुन्छ । शारीरिक गतिबिधि नहुनाले यस्ता खान पच्न गाह्रो हुन्छ ।

वर्षाको समयमा डायरिया बढ्ने अधिक सम्भावना हुन्छ । हुन त यस्तो समस्या बर्षाको बेला मात्र नभइ अन्य समयमा पनि हुन्छ । तर, बर्षाको बेलामा बढी हुने भएकोले सावधानी अपनाउन जरुरी हुन्छ ।

पेट दुख्नु, ज्वरो आउनु, दिशामा रगत देखिनु, पेट फुल्ने लगायतका लक्षण पनि देखिन्छन् । साथै फुड प्वाइजन पनि डायरियाको कारण बन्न सक्छ ।

वि.सं.२०७५ भदौ १९ मंगलवार १३:१७ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...