Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ



 २ कात्तिक,काठमाडौँ । रुस हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई कलङ्की बस्ने सम्झना केसी र कोटेश्वरस्थित हाइलिंक एजुकेसनल कन्सल्टेन्सीमा कार्यरत कास्की सल्यान घर भई ललितपुर धोबीघाट बस्ने आनन्द केसीलाई महानगरीय प्रहरी महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अभियुक्तले बागलुङ विनामारे गाविसका भरत विक समेतका सात जनालाई भारतको दिल्लीबाट रुस हुँदै पोर्चुगलसम्म पु¥याइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति रु १० लाख ५० हजारसम्म लिई रुससम्म पु¥याई अलपत्र पारेका थिए ।

पीडितले कारबाहीका लागि महाशाखामा निवेदन दिएपछि उनीहरु नयाँ बानेश्वरबाट पक्राउ परेको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले आज वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ । रासस


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज