back
CTIZAN AD

विश्वलाई नै सास फेर्न लायक टावर बनाउँदै नर्वे

वि.सं.२०७५ भदौ २१ बिहीवार

654 

shares

२१ भदौ, ओस्लो ।  नर्वेमा विश्वकै सबैभन्दा अग्लो काठको टावर निर्माण कार्य सकिएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार टावर ८५.४ मिटर अग्लो रहेको छ । जसमा १८ तला रहेको छ ।

सो टावर वातावरण मैत्री र आगोले क्षति पु¥याउन नसक्ने खालको रहेको समाचारमा जनाइएको छ । टावरको नाम ‘एमजोस’ राखिएको छ ।

ओस्लोदेखि झण्डै एक सय किलोमिटर उत्तरतर्फ रहेको एउटा तालसँगै टावर बनाइएको बताइएको छ । टावरमा नयाँ काठ, पुनः प्रयोग गर्न सकिने पुराना काठका सामग्रीहरूलगायत प्रयोग गरिएको निर्माणकर्ताहरूले बताएका छन् ।

काठले बनाइएको टावरले विश्वलाई नै सास फेर्नलायक बनाउन हामीलाई सहयोग गर्नेछ, एक जना व्यापारी अर्थर बुच्चर्डले भने ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले आफूलाई काठको टावर बनाउन प्रेरित गरेको उनले बताए ।

आउँदो सन् २०१९ को मार्च महिनामा मात्रै यसको उद्घाटन गरिने निर्माणकर्ताले जानकारी दिएका छन् । एमजोस टावरसँगै आवास र पौडी स्थलहरू, एउटा होटल, कार्यालयहरू, रेष्टुरेन्ट र केही खाली ठाउँ पनि रहेको छ ।

टावर खासमा ८१ मिटरको रहेको छ भने बाँकी ४.४ मिटर यसको छानो रहेको छ । त्यही छानोले यसलाई विश्वकै सबैभन्दा अग्लो बनाएको छ । यसअघि अष्ट्रियाको भियनामा बनाइएको होहो नामक टावर ८४ मिटर रहेको छ ।

भियनाको टावरमा मिश्रित सामग्रीहरू रहेका छन् । त्यसमा ७६ प्रतिशत काठ रहेको छ भने बाँकी अन्य सामग्रीहरू रहेका छन् । त्यसैले त्यो टावर अहिले नर्वेमा बनाइएको एमजोस टावर जस्तो होइन ।

वि.सं.२०७५ भदौ २१ बिहीवार १०:१९ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...