back

अपराधीले उन्मुक्ति पाउँदैन

वि.सं.२०७५ भदौ २२ शुक्रवार

279 

shares
GLOBAL IME AD
NTC AD

 

२२ भदौ, भीमदत्तनगर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताए । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुग्नुभएका प्रहरी महानिरीक्षक खनालले रासससँगको कुराकानीमा अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताए ।

महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उनले भने, “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उनले आग्रह समेत गरे ।

सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर आजबाट सुरुवात हुन गइरहेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानले अपराध नियन्त्रणमा बल पुग्ने उनले धारणा राखे । “अभियानअन्र्तगत अधिकारकर्मी, नागरिक समाजलगायत सबै सामाजिक सङ्घसंस्थासित समन्वय गरेर अघि बढ्छौँ ।” प्रहरी महानिरीक्षक खनालले भने, “न्यायमा पहुँच बढाउन समेत अभियान लाभदायक हुनेछ ।”

महिलामाथि हुने हिंसालगायत कुनै पनि अपराधजन्य कार्यको नियन्त्रण एवं न्यूनीकरणमा प्रहरी सक्रियताका साथ लागेको उनको भनाइ थियो । बिहीबार साँझ भीमदत्तनगर आइपुग्नुभएका महानिरीक्षक खनालले राति नै निर्मला पन्तका परिवारसँग भेटघाट र घटनास्थलको समेत स्थलगत निरीक्षण गर्नुभएको थियो । प्रहरी महानिरीक्षक खनालसँगै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी पनि भीमदत्तनगर आउनुभएको छ ।

वि.सं.२०७५ भदौ २२ शुक्रवार १२:२५ मा प्रकाशित

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

एमाले विहादी गाउँ कमिटिको अध्यक्षमा दुर्गाप्रसाद भुसाल

काठमाडौँ । नेकपा एमाले विहादी गाउँपालिकाको अध्यक्षमा दुर्गाप्रसाद भुसाल सर्वसम्मतले...

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

महसुल नतिर्ने ग्राहकका लाइन काट्दै प्राधिकरण

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार...

कांग्रेस नेतृ आचार्यको निधन

कांग्रेस नेतृ आचार्यको निधन

दमौली (तनहुँ) । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको...

बाँसखर्कको पाखैभरि पहेँलपुर सुन्तला

बाँसखर्कको पाखैभरि पहेँलपुर सुन्तला

गण्डकी । बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि,...