back
CTIZAN AD

युनेस्कोद्वारा विवादास्पद जेरुसेलम सङ्कल्प प्रस्ताव अनुमोदन

वि.सं.२०७३ कात्तिक ३ बुधवार

912 

shares

३ कात्तिक, पेरिस, फ्रान्स । संयुक्त राष्ट्रसङ्घको सैक्षिक वैज्ञानिक र सांस्कृतिक मामिला हेर्ने सङ्गठन (युनेस्को) को कार्यकारी समितिले मङ्गलबार पारित गरेको प्रस्तावले जेरुसेलमस्थित धार्मिक स्थलहरूसँगको यहुदी धर्मावलम्बीहरूको गहिरो ऐतिहासिक सम्बन्धलाई अस्वीकार गरेको इजरायलले जनाएको छ ।

युनेस्कोद्वारा अनुमोदित उक्त प्रस्ताव इजरायली सरकार यहाँका यहुदी धर्मावलम्बीसहित विश्वकै यहुदी समुदायको मन तोड्ने किसिमको रहेको इजरायलको दाबी छ ।

युनेस्कोको मङ्गलबार बिहानको बैठकले गत हप्ता राष्ट्रसङ्घीय आयोगद्वारा पास गरेको सङ्कल्प प्रस्तावलाई पारित गरेपछि इजरायलले राष्ट्रसङ्घको उक्त प्रस्तावबाट चिढिएको छ ।

प्रस्तावले जेरुसेलम आफैँमा प्रत्यक्ष प्रभाव पार्ने त अपेक्षा गरिएको छैन तर यसले युनेस्कोलाई भने विवादमा तानेको छ । बजेट विनियोजनको विषयलाई लिएर जापान र चीनबीच कूटनीतिक विवादमा फसेको युनेस्कोका लागि यो विषय अर्को समस्याका रूपमा खडा भएको छ ।

‘अकुपाइड प्यालेस्टाइन’ नाम दिइएको सङ्कल्प प्रस्तावका कारण विगत केही दशकदेखि इजरायलले युनेस्को आफूप्रति पूर्वाग्रही बनेको बताउँदै आएको छ ।
युनेस्कोले प्यालेस्टाइनलाई सन् २०११ मा सदस्यता प्रदान गरेपछि इजरायलको युनेस्कोसँगको सम्बन्धमा थप समस्या उत्पन्न भएको छ ।

सङ्कल्प प्रस्तावकै विषयलाई लिएर भएको विवादपछि इजरायलद्वारा युनेस्कोसँगको सम्बन्ध निलम्बन गरिएको जनाएको थियो । एपी

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:२६ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...