back
CTIZAN AD

यमनमा बिहीबारदेखि युद्धबिराम : राष्ट्रसङ्घ

वि.सं.२०७३ कात्तिक ३ बुधवार

852 

shares

३ कात्तिक, एडेन (यमन) । अन्तर्राष्ट्रिय समुदायबाट यमनमा जारी द्वन्द्वको अन्त्यका लागि पहल गर्न दबाब दिइरहेका बेला संयुक्त राष्ट्रसङ्घले द्वन्द्वबाट विक्षिप्त बनेको यमनमा आगामी बिहीबार बिहानैदेखि युद्धबिराम हुने घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घद्वारा प्रस्तावित युद्धबिरामका पहलमा यमनी राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडीको सरकार र यसका साउदी समर्थकले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

तर यमनी राजधानी सानासहित राज्यका केही महत्वपूर्ण सहर समेत कब्जामा लिइसकेकोे इरानद्वारा सहयोग प्राप्त विद्रोहीले भने मङ्गलबारसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

गत अप्रिलमा यमनमा जारी द्वन्द्व अन्त्यका लागि भएको युद्धबिराम पुनः अक्टोबर २९ देखि कार्यान्वयनमा ल्याउन पहल गरिएको राष्ट्रसङ्घका यमनीस्थित प्रतिनिधि इस्माइल वल्ड शेख अहमदले बताउनुभयो ।

युद्धबिराम सुरुमा ७२ घण्टाका लागि घोषणा भएको र यसलाई सहमति निर्माण गर्दै क्रमशः यमनको स्थायी शान्तिमा परिणत गरिने गरी निर्णय लिइने उहाँले बताउनुभयो ।

यमनमा सन् २०१४ देखि जारी द्वन्द्वका कारण सात हजार मानिसको ज्यान गएको र झन्डै ३५ हजार जनसङ्ख्या विस्थापित बनेको छ । एएफपी

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:२७ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...