back
CTIZAN AD

एकै पटक तीन किसिमका आइफोन सार्वजनिक

वि.सं.२०७५ भदौ २८ बिहीवार

609 

shares


२८ भदौ, कुपरटिनो, क्यालिफोर्निया (रासस/एपी) अमेरिकी स्मार्टफोन निर्माता कम्पनी एप्पलले एकै पटक तीन किसिमका आइफोन बुधबार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्बाधिक महङ्गा आइफोन बजारमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीम कूकले गत वर्ष सार्वजनिक गरिएको आइफोन एक्सभन्दा ठूलो स्क्रिन भएको आइफोन एक्सएस म्याक्स सार्वजनिक गरे । यसलाई अमेरिकी बजारमा ११०० डलर (करिब रु. १ लाख २६ हजार) पर्दछ । यसको मूल्य आइफोन एक्सभन्दा १०० डलर बढी छ ।

म्याक्स मोडेल आइफोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठूलो छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए ।

एप्पलले बुधबार नै आइफोन एक्सआर मोडेल सार्वजनिक गरेको छ । अक्टोबर २६ बाट बजारमा आउने यसको मूल्य करिब ७५० अमेरिकी डलर छ ।

वि.सं.२०७५ भदौ २८ बिहीवार १५:२१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...