back
CTIZAN AD

चक्रपथमा मोनोरेल निर्माण गर्न १ खर्ब १६ अर्ब लाग्ने प्रारम्भिक अनुमान

वि.सं.२०७५ भदौ २९ शुक्रवार

654 

shares
फाइल:फोटो

२९ भदौ , काठमाडौँ । चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि काठमाडौँ र ललितपुर महानगरपालिकालाई चाइनाको चाइना रेल्वे २५औँ ब्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसिसी)कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको छ ।
बिहिबार आयोजित कार्यक्रममा काठमाडौँका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले बुझाएका हुन् ।

प्रतिवेदन बुझेपछि काठमाडौँका प्रमुख शाक्यले आफ्नै कार्यकालमा काठमाडौँवासीले मोनोरेल चढ्ने सपना पूरा हुने बताए । प्रमुख शाक्यले निर्वाचनका बेला घोषणा गरेको ‘एक सय दिनका एक सय काम’ मा काठमाडौँमा मोनोरेल निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेका थिए ।

गत जेठ ११ गते ६ महिनाभित्र प्रारम्भिक प्रतिवेदन तयार पार्ने गरी चाइनाको सिआरसीसी कम्पनीले काठमाडौँ र ललितपुर महानगरपालिकासँग काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न सहमति गरेको थियो ।

प्रमुख शाक्यले यो प्रतिवेदनको दुवै महानगरपालिका मिलेर प्राविधिक अध्ययन गर्ने भन्दै प्रस्ताव उचित भएमा केन्द्र र प्रदेश सरकारसँग पनि छलफल गरेर काम अघि बढाइने बताए ।

“हामीले मोनोरेल चढेर बिदा हुन्छौँ भनेका छौँ”, उनले भने, “तपाईंहरुले एकै चरणमा काम गर्न नसक्ने अवस्था आयो भने बरु दुई÷तीन चरणमा भए पनि काम गर्न सक्ने सम्भावना हुन्छ । हामी छिमेकी नगरपालिकासँग पनि यो विषयमा छलफल गर्छौं ।”

चक्रपथमा मोनोरेल निर्माणका लागि करीब रु एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनसहितको प्रतिवेदन उल्लेख गरिएको छ । ललितपुर महानगरका प्रमुख महर्जनले मोनोरेल सञ्चालन गरेर जनताको सपना पूरा गर्ने इच्छा रहेको बताए ।

प्रतिवेदनमा कम्पनीले सबै हिसाबले चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने उल्लेख गर्दै मोनोरेलका लागि प्राविधिक, भौगोलिक, आर्थिक, वातावरणीय सबैको सम्भाव्यताको समेत अध्ययन गरेको बताइएको छ ।

कम्पनीका इन्टरनेशनल म्यानेजर झावो सिवावोले आफूहरु चक्रपथमा मोनोरेल निर्माणका लागि इच्छुक देखिएको भन्दै जतिसक्दो छिटो निर्णय दिए आफूहरुले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) शुरु गर्ने पनि जानकारी दिए ।

सिआरसिसीले पनि पहिलो चरणमा कोटेश्वरलेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि चक्रपथसम्म र तेस्रो चरणमा चक्रपथदेखि कोटेश्वरसम्म निर्माण गर्न सकिने बताएको छ । सिआरसिसीले काम शुरु गरेको तीन वर्षभित्रमा सम्पन्न गर्ने पनि जानकारी दिएको छ ।

कूल २७ दशमलव पाँच किलोमिटरको चक्रपथमा सो कम्पनीले करीब २१ स्थानबाट यात्रु चढाउने र ओराल्ने स्टेशन बनाउने पनि प्रतिवेदनमा उल्लेख गरेको छ ।

वि.सं.२०७५ भदौ २९ शुक्रवार ०८:५५ मा प्रकाशित

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...