back

चाँदीका सिक्का बरामद

वि.सं.२०७३ कात्तिक ३ बुधवार

435 

shares
GLOBAL IME AD
NTC AD

३ कात्तिक,वीरगन्ज। सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म वीरगन्जले आज दिउँसो भारतबाट लुकाइछिपाइ ल्याइएको अवस्था एक सय ५९ थान चाँदीका सिक्का पक्राउ गरेको छ ।

पक्राउ परेका सामानमा लक्ष्मी र गणेशको चिह्न अङ्कित भएको चाँदीका सिक्का ९१ थान, विदेशी चाँदीको सिक्का ६८ थान तथा दुई जोर चाँदीका पाउजु रहेका छन् ।

रक्सौलबाट वीरगन्जतर्फ ल्याइरहेको अवस्थामा रजतजयन्ती चोकमा प्रहरीलाई देख्ने बित्तिकै झोला फालेर तस्कर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सिक्का दुई किलो तौल भएको र त्यसको बजार मूल्य रु दुई लाख रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल सुवेदीले बताउनुभयो ।

पक्राउ परेको चाँदीका सिक्का र पाउजु आवश्यक कानुनी कारवाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको नायब प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

यसैबीच सीमावर्ती भारतीय बजार रक्सौलासँग प्रतिस्पर्धा गर्न वीरगन्जका स्थानीय व्यापारीले मासिक करोडाँै रुपैयाँ मूल्य बराबरको कपडा अवैधरुपमा भित्र्याउने गरेका छन् ।

सीमावर्ती भारतीय बजारको तुलनामा यहाँ भन्सार महसुल, स्थानीय विकास शुक्ल र मूल्य अभिवृद्धि कर लाग्ने गरेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न कपडाको चोरी पैठारी हुने गरेको वीरगन्जका व्यापारीको भनाइ छ ।

वैद्य तरिकाबाट कपडा आयात गर्दा सीमावर्ती बजार रकसौलको तुलनामा यहाँ ५० प्रतिशत मूल्य बढी पर्न जाने भएकाले हामीले अवैध तरिकाबाट कपडा ल्याउनुपर्ने हुन्छ आदर्श नगरका एक व्यापारीको भनाइ छ ।

पर्सा र बारा जिल्लामा खपत हुने कपडामध्ये ५० प्रतिशत कपडा चोरी पैठारीबाट नै आउने गरेको अनुमान सम्बन्ध व्यापारीको छ । हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्ने पर्छ माइस्थानका अर्का व्यापारीले भने – नेपाल भारतबीचमा रहेको खुला सीमाका कारण अवैध आयात गर्न त्यति अप्ठेरो परेको छैन ।

कपडामा २० देखि २५ प्रतिशत क्यारिङ खर्च दिँदा भारतीय बजारबाट सोझै भनेको ठाउँमा पु¥याइ दिने गर्छन् तथा पक्राउ परेको खण्डमा उक्त रकम कपडा ल्याउने तस्करले नै क्षतिपूर्ति ब्यहोर्नु पर्दछ ।

यति मात्र नभएर भन्सार नै कटाउनु परेमा त्यहाँका कर्मचारीलाई आफ्नो पक्षमा पारेर कम मूल्याकङ्न गरी भन्सार कटाउने गरिन्छ ती व्यापारीले भने ।

कपडाको भन्सारको मूल्याङ्कन घटबढ हुने भएकाले चोरी पैठारी नियन्त्रण हुन नसकेको हो । कपडामा लगाउने राजस्व घटाउने हो भने कपडाको चोरी पैठारी नियन्त्रण हुने दाबी भन्सार कर्मचारीको छ । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०९:५४ मा प्रकाशित

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी...

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका...

चिसोले सर्लाहीको जनजीवन कष्टकर

चिसोले सर्लाहीको जनजीवन कष्टकर

मलङ्गवा (सर्लाही) । तराई क्षेत्रमा केही दिनयताको बाक्लो हुस्सु र...