back
CTIZAN AD

चाँदीका सिक्का बरामद

वि.सं.२०७३ कात्तिक ३ बुधवार

834 

shares

३ कात्तिक,वीरगन्ज। सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म वीरगन्जले आज दिउँसो भारतबाट लुकाइछिपाइ ल्याइएको अवस्था एक सय ५९ थान चाँदीका सिक्का पक्राउ गरेको छ ।

पक्राउ परेका सामानमा लक्ष्मी र गणेशको चिह्न अङ्कित भएको चाँदीका सिक्का ९१ थान, विदेशी चाँदीको सिक्का ६८ थान तथा दुई जोर चाँदीका पाउजु रहेका छन् ।

रक्सौलबाट वीरगन्जतर्फ ल्याइरहेको अवस्थामा रजतजयन्ती चोकमा प्रहरीलाई देख्ने बित्तिकै झोला फालेर तस्कर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका सिक्का दुई किलो तौल भएको र त्यसको बजार मूल्य रु दुई लाख रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल सुवेदीले बताउनुभयो ।

पक्राउ परेको चाँदीका सिक्का र पाउजु आवश्यक कानुनी कारवाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको नायब प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

यसैबीच सीमावर्ती भारतीय बजार रक्सौलासँग प्रतिस्पर्धा गर्न वीरगन्जका स्थानीय व्यापारीले मासिक करोडाँै रुपैयाँ मूल्य बराबरको कपडा अवैधरुपमा भित्र्याउने गरेका छन् ।

सीमावर्ती भारतीय बजारको तुलनामा यहाँ भन्सार महसुल, स्थानीय विकास शुक्ल र मूल्य अभिवृद्धि कर लाग्ने गरेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न कपडाको चोरी पैठारी हुने गरेको वीरगन्जका व्यापारीको भनाइ छ ।

वैद्य तरिकाबाट कपडा आयात गर्दा सीमावर्ती बजार रकसौलको तुलनामा यहाँ ५० प्रतिशत मूल्य बढी पर्न जाने भएकाले हामीले अवैध तरिकाबाट कपडा ल्याउनुपर्ने हुन्छ आदर्श नगरका एक व्यापारीको भनाइ छ ।

पर्सा र बारा जिल्लामा खपत हुने कपडामध्ये ५० प्रतिशत कपडा चोरी पैठारीबाट नै आउने गरेको अनुमान सम्बन्ध व्यापारीको छ । हामीले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न अवैध आयात गर्ने पर्छ माइस्थानका अर्का व्यापारीले भने – नेपाल भारतबीचमा रहेको खुला सीमाका कारण अवैध आयात गर्न त्यति अप्ठेरो परेको छैन ।

कपडामा २० देखि २५ प्रतिशत क्यारिङ खर्च दिँदा भारतीय बजारबाट सोझै भनेको ठाउँमा पु¥याइ दिने गर्छन् तथा पक्राउ परेको खण्डमा उक्त रकम कपडा ल्याउने तस्करले नै क्षतिपूर्ति ब्यहोर्नु पर्दछ ।

यति मात्र नभएर भन्सार नै कटाउनु परेमा त्यहाँका कर्मचारीलाई आफ्नो पक्षमा पारेर कम मूल्याकङ्न गरी भन्सार कटाउने गरिन्छ ती व्यापारीले भने ।

कपडाको भन्सारको मूल्याङ्कन घटबढ हुने भएकाले चोरी पैठारी नियन्त्रण हुन नसकेको हो । कपडामा लगाउने राजस्व घटाउने हो भने कपडाको चोरी पैठारी नियन्त्रण हुने दाबी भन्सार कर्मचारीको छ । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०९:५४ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...