Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना गरिने



३ कात्तिक,काठमाडौँ । राष्ट्रिय योजना आयोगले सार्वजनिक एवम् निजी क्षेत्रको सहकार्य गर्दै पूर्वाधार विकासलाई अगाडि बढाउने उद्देश्यका साथ  ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना गर्ने भएको छ ।

पूर्वाधार विकासमा निजी क्षेत्रको उत्साह बढाउन केन्द्रमार्फत पहल गर्न लागिएको र आगामी एक महिनाभित्र उक्त केन्द्र सञ्चालनमा ल्याइने राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठले जानकारी दिनुभयो । आयोगले तयार पारेको खाकाअनुसार एक जना सहसचिवको नेतृत्वमा प्राविधिक, प्रशासन र लेखासम्बन्धी हेर्ने तीन उपसचिवसहितको दरबन्दी स्वीकृत भएर कार्यालय स्थापना गर्ने तयारी अगाडि बढेको छ ।

आयोगले अहिले स्थापना गरेको केन्द्रलाई दीर्घकालीनरुपमा अगाडि बढाएर मुलुकको सडक एवम् ठूला पूर्वाधार योजनामा सरकार र निजी क्षेत्रलाई विकासमा एकीकृत गराउन सकिने सदस्य श्रेष्ठको भनाइ छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा