back

मुआब्जा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

वि.सं.२०७३ कात्तिक ३ बुधवार

624 

shares
IME Limited
NTC AD

काठमाडौँ, ३ कात्तिक  । काठमाडौँ–निजगढ द्रुतमार्गअन्तर्गत ललितपुर खोकना, सैंबु र बुङ्मतिका स्थानीयले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आफ्ना समस्या र मागबारे ध्यानाकर्षण गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालको नेतृत्वमा गएको सर्वपक्षीय सरोकार समितिले द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्दा सरकारले दिने भनिएको मुआब्जा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

भेटमा सरोकार समितिका पदाधिकारीले जग्गा अधिग्रहण गर्दा प्रचलित मूल्यअनुसारको मुआब्जा दिन, दु्रत मार्ग निर्माण गर्दा स्थानीय संस्कृति एवम् सम्पदाको संरक्षण गर्न र वातावरणीय प्रभाव कम गर्न पनि आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालले द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना भएको र सरकारको प्राथमिकतामा रहेको बताउँदै छिट्टै द्रुतमार्गसम्बन्धी बैठकको आयोजना गरी योजनाको कार्यान्वयन र स्थानीय सरोकारवालाको चासोबारे छलफल गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार १४:२८ मा प्रकाशित

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक...

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा...

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

स्याङ्जा । आँधीखोला बचाउ अभियानका अभियान्तमामाथि र प्रहार गरेको आरोपमा...

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...

काठमाडौं महानगर प्रहरी प्रमुख फर्किए काममा

काठमाडौं महानगर प्रहरी प्रमुख फर्किए काममा

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे काममा फर्किएका...

तीन दलका शीर्ष नेताको बैठक बस्दै

तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का...