back
CTIZAN AD

मुआब्जा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

वि.सं.२०७३ कात्तिक ३ बुधवार

1.4K 

shares

काठमाडौँ, ३ कात्तिक  । काठमाडौँ–निजगढ द्रुतमार्गअन्तर्गत ललितपुर खोकना, सैंबु र बुङ्मतिका स्थानीयले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी आफ्ना समस्या र मागबारे ध्यानाकर्षण गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) का प्रवक्ता पम्फा भुसालको नेतृत्वमा गएको सर्वपक्षीय सरोकार समितिले द्रुतमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गर्दा सरकारले दिने भनिएको मुआब्जा निकै कम भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

भेटमा सरोकार समितिका पदाधिकारीले जग्गा अधिग्रहण गर्दा प्रचलित मूल्यअनुसारको मुआब्जा दिन, दु्रत मार्ग निर्माण गर्दा स्थानीय संस्कृति एवम् सम्पदाको संरक्षण गर्न र वातावरणीय प्रभाव कम गर्न पनि आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालले द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना भएको र सरकारको प्राथमिकतामा रहेको बताउँदै छिट्टै द्रुतमार्गसम्बन्धी बैठकको आयोजना गरी योजनाको कार्यान्वयन र स्थानीय सरोकारवालाको चासोबारे छलफल गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार १४:२८ मा प्रकाशित

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

छोटेलालले बुझाए धितोपत्र बोर्डका अध्यक्षलाई १५ बुँदे सुझावपत्र

काठमाडौँ । नेपालको पुँजी बजारलाई सुदृढ, व्यवस्थित र दिगो बनाउन...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...